कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिको बैठक बोलाइयो « Khabarhub

कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिको बैठक बोलाइयो


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक आह्वान गरेको छ। सोमबारको केन्द्रीय समिति बैठकले पुस २६–२८ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेसँगै कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बोलाएको हो।

क्रियाशील सदस्यता व्यवस्थापन समितिको संयोजक महामन्त्री गगन थापा छन्। थापाले बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी डाकेको समितिका सदस्य योगेन्द्र चौधरीले जानकारी दिए।

थापा संयोजक रहेको समितिमा केन्द्रीय सदस्यहरू चौधरी, सीता गुरुङ, प्रकाश रसाइली छन्।

केन्द्रीय समितिले पारित गरेको महाधिवेशनको कार्यतालिकामा पुस १२ गतेसम्म सबै तहबाट केन्द्रमा आइपुग्ने मिति राखिएको छ।

समयको दबाबमा रहेको समितिका संयोजक थापाले बैठक बोलाएका हुन्। अधिकांश शीर्ष नेताको जिल्लामा क्रियाशील सदस्यताको विवाद समाधान हुन सकेको छैन।

यसपटक विवाद रहेको विषयलाई फास्ट ट्र्याकबाट टुंग्याउने र टुंगिने अवस्था नभएका क्षेत्रलाई थाती राखेरै महाधिवेशन गर्ने तयारी छ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ९ : २८ बजे

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डमाथि म्यानचेस्टर सिटीको जित, उपाधिको आशा जिवितै

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित हात

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर- पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा- भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान

सप्तरीको वभनगामा आगलागी : १२ घरगोठ जलेर नष्ट

सप्तरी– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति आगलागी

रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज