एउटै वडाबाट एक करोडभन्दा बढीको सुन्तला बिक्री « Khabarhub

एउटै वडाबाट एक करोडभन्दा बढीको सुन्तला बिक्री


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको व्यास नगरपालिका–१४ स्थित केशवटारबाट यस वर्ष १ करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ।

उक्त वडामा रहेका सात वटा गाउँबाट उत्पादित १ करोड १३ लाख मूल्यको सुन्तला बिक्री भएको हो।

स्थानीय कृषक चप्पले थापाले आफूले १४ लाखभन्दा बढीको सुन्तला बिक्री गरेको बताए । सुन्तला उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका अधिकांश कृषक व्यावसायिक फलफूल र तरकारीखेतीतर्फ आर्कर्षित भएका उनले बताए।

सबैभन्दा धेरै ठिन गाउँबाट ५० लाखको सुन्तला बिक्री भएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए। उनका अनुसार कुलुङबाट २६ लाख ३१ हजार, मरौटेबाट नौ लाख, नयाँ गाउँबाट आठ लाख, हर्कपुरबाट ६ लाख, केशवटार र रुम्सीबाट एक/एक लाखको सुन्तला बिक्री भएको छ।

वडाध्यक्ष श्रेष्ठले कृषकलाई फलफूल र तरकारीतर्फ व्यावसायिक बनाउन बिरुवा, बीउबिजन र कृषि सामग्रीमा अनुदान कार्यक्रमलाई प्रोत्साहन गरिँदै आएको बताए। उनले भने, ‘वडा कार्यालयबाट ५० प्रतिशत अनुदानमा आठ हजार सुन्तलाका बिरुवा वितरण गरेका थियौँ। ती बोटले पनि फल दिन सुरु गरेका छन्, आउँदो वर्षदेखि अझै उत्पादन बढ्नेछ।’

यहाँका २०० बढी किसान व्यावसायिक रूपमा फलफूल र तरकारीखेतीमा लागेका छन्। कृषक लुकबहादुर थापाले साढे चार लाख र नेत्र थापा चार लाखको सुन्तला बिक्री गरेको बताएका छन्। रासस

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १० : ५३ बजे

काठको मुढाले च्यापिएर बालकको मृत्यु

हुम्ला-काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ। मुढाले च्यापिएर

संवैधानिक परिषदमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच भनाभन (वार्तासहित)

काठमाडौँ । बिहीबार संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्याे ।

लिपुलेकबारे वार्तामा बस्न भारत तयार, चीनले दिएन कुनै प्रतिक्रिया

काठमाडौं । भारतले नेपालसँगको सीमा विवाद समाधानका लागि वार्तामा बस्न

प्रधानन्यायाधीश सिफारिसबारे धारणा बनाउन बारले डाक्यो बैठक

काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिसबारे धारणा बनाउन नेपाल

आफ्नो कारणले बदमान रामकृष्णलाई रविले यसरी लगाए मस्का

काठमाडौं – फिल्म निर्माता बनेका गायक रामकृष्ण ढकाल राष्ट्रिय स्वतन्त्र