मेयर र उपमेयरबीचको विवादले नगरपालिकाको काम ठप्प « Khabarhub

मेयर र उपमेयरबीचको विवादले नगरपालिकाको काम ठप्प


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको उर्लाबारी नगरपालिकामा मेयर र उपमेयरबीचको विवादले सेवाग्राही मर्कामा परेका छन् ।

नगरसभाबाट पारित नीति तथा कार्यक्रम उपमेयरसहित नेकपानिकट १३ जना वडा अध्यक्षले कार्यपालिकाबाट स्वीकृत नभइ आएको खर्ब सभाबाट पास हुन नदिने अडान राखेपछि विवाद शुरु भएको थियो ।

१३ जनाले अस्वीकृत गरेपनि मेयर खड्ग फागोलले नगरसभाबाट पास गराउन खोजेपछि उपमेयरसहितका वडा अध्यक्षले विरोध गरेका छन् ।
अल्पमतबाट पास गराएर मेयरले स्थानीय सरकार सञ्चालन ऐन विपरित कार्य गरेको भन्दै उपमेयर लक्ष्मी भण्डारी अदालत पुगेकी थिइन् ।

उच्च अदालत विराटनगरले २८ गतेको बोर्ड बैठक र २९ गतेको नगरसभाबाट भएका निर्णय कार्यान्वयन नगर्न, नगराउन आदेश दियो । तर अहिले भने नगरपालिकाका अधिकांश काम रोकिएको छ ।

मेयर फागो कांग्रेसबाट र उपमेयर भण्डारी नेकपाबाट निर्वाचित भएका जनप्रतिनिधि हुन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ८ : ५२ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको