अल्पविकसित देशहरूको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य : नेपाल « Khabarhub

अल्पविकसित देशहरूको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य : नेपाल


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

दाेहा– अल्पविकसित देशहरूको विकासका लागि अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहयोग हुनुपर्नेमा नेपालले जोड दिएको छ ।

अल्पविकसित राष्ट्रहरूको वैश्विक समन्वय ब्युरोको अध्यक्ष नेपालका तर्फबाट परराष्ट्रसचिव अमृतबहादुर राईले मङ्गलबार दोहामा आयोजित अल्पविकसित देशहरूको दिगो विकास एवं साझेदारीसम्बन्धी उच्चस्तरीय बैठकमा उक्त कुरामा जोड दिएका हुन् ।

दोहास्थित नेपाली राजदूतावासका अनुसार सचिव राईले अल्पविकसित देशहरूको आर्थिक उन्ननयनका निम्ति अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तार, संरचनात्मक अवरोधहरूको अन्त्य तथा अन्तर्राष्ट्रिय समुदायबाट अधिकभन्दा अधिक स्रोत साधनको उपलब्धता निश्चित हुनुपर्नेमा जोड दिए ।

कृषि, जलविद्युत्, पर्यटन, निर्माण, सूचना तथा सञ्चार प्रविधि र मानव संशाधनका क्षेत्र नेपालको आर्थिक रूपान्तरणका अपार सम्भावना भएका क्षेत्र हुन् भन्दै सचिव राईले तिनमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदाय र नेपालको विकासका साझेदारहरूका साथै संयुक्त राष्ट्रसङ्घ एवं यसका विशिष्टीकृत संस्थाहरूसँग सहकार्य गर्न नेपाल सरकारले चाहेको बताए । (रासस) 

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ८ : ५६ बजे

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा