सभापतिको तयारीमा जुटे गगन, टिमबारे गरिरहेका छन् छलफल « Khabarhub

सभापतिको तयारीमा जुटे गगन, टिमबारे गरिरहेका छन् छलफल


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी पुस २७ गतेदेखि काठमाडौंमा हुने १५औं महाधिवेशनमा सभापतिमा उठ्ने तयारीमा जुटेका छन् ।

थापानिकट नेताहरूका अनुसार उनले सभापतिमा उठ्नका लागि टिम निर्माणदेखि अन्य रणनीतिक तयारी थालेका हुन् ।

उनकै सचिवालयका एकजना सदस्य शंकर कुइँकेलका अनुसार थापाले १५ औं महाधिवेशनमा सभापतिमा उठ्ने तयारी गरिरहेका छन् ।

कांग्रेसबाट वर्तमान सभापति शेरबहादुर देउवा बिदा हुँदा गगनसहित १४ औँमा पराजित नेता डा. शेखर कोइराला र कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि बलिया दाबेदार हुन् ।

‘गगन दाइले सभापतिका लागि तयारी गरिरहनुभएको छ । त्यसका लागि उहाँ योग्य हुनुहुन्छ’, कुइँकेलले भने, ‘जेन-जी आन्दोलनपछिको परिस्थिति र वर्तमान नयाँ पुस्ताले खोजेको नेतृत्वका लागि उहाँको योग्यताका पुग्छ । उहाँ यसपटक सभापतिमा जसरी पनि उठ्नुहुन्छ ।’

कुइँकेलले अहिले थापा क्रियाशील सदस्यमा देखिएको विवाद मिलाउने काममा लागिरहेका छन् । बुधबार पनि थापा त्यही बैठकमा सहभागी थिए ।

गगन अहिले आफ्नो टिम कस्तो बनाउने दिशामा छलफलमा छन् । ‘टिम कस्तो बन्छ अहिले पूरै छलफल हुन पाएको छैन । यो पटक सभापतिको उम्मेदवारीबाट उहाँ पछि हट्नुहुन्न’, उनी भन्छन् ।

कांग्रेस संस्थापन इतर समूहका नेता थापाले सभापतिमा उठ्ने तयारी गरेसँगै अन्य नेताका लागि चुनौती भएको छ। संस्थापन इतरबाट नेता कोइराला यस पटक पनि उठ्दैछन् । गगन र शेखरबीचको आगामी वार्ता र छलफलले पनि सभापतिको उम्मेदवार तय गर्नेछ ।

डा. शेखर कोइरालाले मंगलबार खबरहबसँगको कुराकानीमा आफू १५ औँ महाधिवेशनमा सभापतिको दाबेदार रहेको बताएका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ४ : ५२ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री