सूर्यविनायक–साँगा सडक विस्तार कार्य सुस्त « Khabarhub

सूर्यविनायक–साँगा सडक विस्तार कार्य सुस्त


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– सूर्यविनायक–धुलिखेल ६ लेन सडक विस्तारको काम अत्यन्त सुस्त हुँदा ३८ प्रतिशत काम मात्रै सम्पन्न भएको छ । 

आशिष–कुमार श्रेष्ठ–बन्धन भगवती जेभीले २०७९ पुस २४ गते निर्माण सुरु भएको ७.५ किलोमिटर लामो सुर्यविनायक–साँगा सडक सुधार तथा विस्तार परियोजनामा ३४ महिनासम्म पनि जम्मा ३८ प्रतिशत काम मात्र सम्पन्न भएको छ । 

तीन वर्षमै सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी तीन अर्ब ८८ करोड ९३ लाखमा ठेक्का सम्झौता भए पनि दुई महिना मात्र बाँकी रहँदा अझै ६२ प्रतिशत निर्माण कार्य बाँकी रहेको आयोजनाका इन्जिनियर विवेक पाण्डेले जानकारी दिए । 

इन्जिनियर पाण्डेले तोकिएको समयमै काम पूरा गर्न नसकिने बताउँदै सूर्यविनायक–साँगा खण्डमा पर्ने घर–टहरा हटाउन र मुआब्जामा विवाद देखिएपछि निर्माण कार्यनै प्रभावित भएको उनले जानकारी दिए । 

सडक विस्तार आयोजना र ठेकेदार कम्पनीबीच निर्माण कार्यको म्याद थप गर्नेबारे छलफल भइरहेको जानकारी दिँदै इन्जिनियर पाण्डेले म्याद थप भएमा असार मसान्तसम्म सूर्यविनायक–साँगा खण्डमा कालोपत्र गर्ने कार्य सम्पन्न गर्न सकिने बताए । 

सडक विस्तारमा सुस्ताएसँगै काभ्रेपलाञ्चोकको धुलिखेल भक्तपुर हुँदै काठमाडौँ प्रवेश गर्ने दैनिक यात्रुहरूले सास्ती बेहोर्नुपरेको छ । सडक निर्माणको दोस्रो खण्ड साँगा–धुलिखेलको ८।३ किमी सडक अहिले तीव्र गतिमा कालोपत्रेको काम भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ४ : ५७ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम