सूर्यविनायक–साँगा सडक विस्तार कार्य सुस्त « Khabarhub

सूर्यविनायक–साँगा सडक विस्तार कार्य सुस्त


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– सूर्यविनायक–धुलिखेल ६ लेन सडक विस्तारको काम अत्यन्त सुस्त हुँदा ३८ प्रतिशत काम मात्रै सम्पन्न भएको छ । 

आशिष–कुमार श्रेष्ठ–बन्धन भगवती जेभीले २०७९ पुस २४ गते निर्माण सुरु भएको ७.५ किलोमिटर लामो सुर्यविनायक–साँगा सडक सुधार तथा विस्तार परियोजनामा ३४ महिनासम्म पनि जम्मा ३८ प्रतिशत काम मात्र सम्पन्न भएको छ । 

तीन वर्षमै सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी तीन अर्ब ८८ करोड ९३ लाखमा ठेक्का सम्झौता भए पनि दुई महिना मात्र बाँकी रहँदा अझै ६२ प्रतिशत निर्माण कार्य बाँकी रहेको आयोजनाका इन्जिनियर विवेक पाण्डेले जानकारी दिए । 

इन्जिनियर पाण्डेले तोकिएको समयमै काम पूरा गर्न नसकिने बताउँदै सूर्यविनायक–साँगा खण्डमा पर्ने घर–टहरा हटाउन र मुआब्जामा विवाद देखिएपछि निर्माण कार्यनै प्रभावित भएको उनले जानकारी दिए । 

सडक विस्तार आयोजना र ठेकेदार कम्पनीबीच निर्माण कार्यको म्याद थप गर्नेबारे छलफल भइरहेको जानकारी दिँदै इन्जिनियर पाण्डेले म्याद थप भएमा असार मसान्तसम्म सूर्यविनायक–साँगा खण्डमा कालोपत्र गर्ने कार्य सम्पन्न गर्न सकिने बताए । 

सडक विस्तारमा सुस्ताएसँगै काभ्रेपलाञ्चोकको धुलिखेल भक्तपुर हुँदै काठमाडौँ प्रवेश गर्ने दैनिक यात्रुहरूले सास्ती बेहोर्नुपरेको छ । सडक निर्माणको दोस्रो खण्ड साँगा–धुलिखेलको ८।३ किमी सडक अहिले तीव्र गतिमा कालोपत्रेको काम भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ४ : ५७ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज