अब परिवर्तनको नेतृत्व नयाँ र विकल्प दिनेले गर्नुपर्छ : मन्त्री कुलमान « Khabarhub

अब परिवर्तनको नेतृत्व नयाँ र विकल्प दिनेले गर्नुपर्छ : मन्त्री कुलमान


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले अब परिवर्तनको नेतृत्व नयाँ र विकल्प दिने व्यक्ति, संस्था र पार्टीहरूले गर्नुपर्ने बताएका छन् । 

बुधबार काठमाडौंमा उज्यालो नेपाल पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै घिसिङले आमजनताको इच्छा आकाङ्क्षा बमोजिम वैकल्पिक भनिएका शक्तिहरू एकठाँउमा आएर परिवर्तनको नेतृत्व गर्नुपर्ने बताएका हुन् । 

अहिलेका परिवर्तनलाई परिणाममुखी बनाउनुपर्ने भन्दै उनले नयाँ सरकार, युवाको नयाँ नेतृत्व अपरिहार्य रहेको बताए ।

घिसिङले जेन-जी आन्दोलनले भ्रष्टाचार मुक्त देशको विषय मुख्य रुपमा उठाएकाले भ्रष्टाचार मुक्त देश बन्न सके समृद्धितर्फ अघि बढ्न सकिने धारणा राखे  । 

सही व्यक्तिलाई प्रधानमन्त्रीदेखि तहसम्मको जिम्मेवारी दिन सकेको भए जेन-जी आन्दोलनको अवस्था नआउने भन्दै उनले सही व्यक्ति सही स्थानमा भए देश परिवर्तन हुन धेरै समय नलाग्ने जिकिर गरे ।

ठूला–ठूला भाषण गर्न सक्ने व्यक्ति मुलुकको समृद्धि गर्न असफल हुन सक्ने भएकाले भाषण भन्दा परिणाममुखी काम गर्न सक्नुपर्ने उनले जोड दिए । 

उनले जेन-जी आन्दोलनपछिको चुनौती स्वीकार गर्दै आफू सरकारमा सहभागी भएकाले आफूले पूर्णरुपमा जिम्मेवारी पुरा गर्ने बताए । 

उनले जेन-जी आन्दोलनपछिको परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई अग्रगामी दिशामा लैजान वर्तमान सरकार केन्द्रित भइरहेको स्पष्ट पारे । 

त्यस्तै पूर्वमन्त्री सुमना श्रेष्ठले अहिलेको अवस्थामा वैकल्पिक भनिने शक्तिहरू एकताबद्ध हुनुपर्ने भन्दै उनीहरुबीच विवाद भए निर्वाचनमार्फत पूरा नै राजनीतिक दलहरू हाबी हुनसक्ने बताइन् । 

उनले मुलुकको अहिलेको आवश्यकता र जनताले चाहेको एजेन्डा पुरा गर्न उज्यालो नेपाल पार्टी गम्भीर हुनुपर्ने सुझाव दिए ।  

कार्यक्रममा उज्यालो नेपाल पार्टीकी नेत्री रिमा विश्वकर्माले पार्टीको घोषणापत्र सार्वजनिक गरेकी थिइन् । सो पार्टीले उज्यालो भविष्यको लागि वर्तमान संविधानका केही व्यवस्थाहरू संशोधन गरिनुपर्ने, समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित रहने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने, प्रदेशहरूमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीसहित ५ सदस्यीय मन्त्रिमण्डल रहने व्यवस्था गरिनुपर्ने लगायतका एजेन्डा अघि सारेको छ ।   

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ६ : १८ बजे

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित