केवाइसीमा नयाँ विक्रेतालाई आयात र विक्रीको बाटो खुल्यो « Khabarhub

केवाइसीमा नयाँ विक्रेतालाई आयात र विक्रीको बाटो खुल्यो


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उच्च अदालत पाटनले केवाइसीबारे दायर रिट खारेज गरेको छ । केवाइसी भ्यान आयातमा अन्य कम्पनीलाई प्रतिबन्ध लगाउन माग गर्दै दायर गरेको रिट उच्च अदालतले खारेज गरिदिएको हो ।

बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र वासुदेव न्यौपानेको इजलासले रिट खारेज हुने फैसला सुनाएका हुन् । रिट खारेज भएसँगै अब इलेक्ट्रिक ड्रिम्स मोबिलिटीलाई केवाइसी प्यासेन्जर भ्यानकोे आयात र विक्री गर्ने बाटो खुलेको छ ।

अदालतले यो फैसला सुनाएसँगै अब केवाइसीका २ हजवार ३ सय भन्दा बढी ग्राहकले गाडीका पार्टस् र वारेन्टी पाउने बाटो। समेत खुलेको छ । नक्कली सामान आयात गरी विक्री गरेको भन्दे केवाइसी भ्यानको उत्पादक कम्पनीले सम्झौता तोडी पार्टपूर्जा समेत दिन छाडेको थियो । अदालतको यस फैसलासँगै केवाइसी भ्यानका नेपालमा रहेका करिब २ हजार ४ सय उपभोक्ताहरूलाई राहत मिलेको छ ।

विगत केही वर्षदेखि केवाइसीको प्यासेन्जर भ्यान किनेका उपभोक्ताहरुले करिब ८ महिनादेखि गाडीका वारेन्टी र पार्टस् पाउन सकिरहेका थिइनन् । अनाधिकृत च्यानलबाट गैर–प्रामाणिक पार्टस्को आयात गरेको आरोपपछि निर्माता कम्पनी चोङछिङ चाङएन कुवायु अटोमोबाइल्सले २०२५ मा सम्झौता रद्द गरेको थियो ।

त्यसपछि नयाँ आयातकर्ता इलेक्ट्रिक ड्रिम्स मोबिलिटीलाई नयाँ आधिकारिक विक्रेताको लाइसेन्स दिएको थियो । तर उसले नयाँ आयातकर्तालाई रोक्न अदालतमा मुद्दा दायर गरी अन्तरिम आदेश हासिल गरेको थियो । साथै, नयाँ ब्रान्ड ‘नियोसिया’ भ्यानलाई पनि रोक्न अदालतको साहारा लिएको थियो । यसले गर्दा बजारमा पार्टस् र सेवा ठप्प भएर उपभोक्ता पीडित मात्रै भएका थिएनन्, लाखौँ रकम खर्च गरेर किनेको गाडी ग्यारेजमा थन्काउनुपर्ने अवस्थामा थिए ।

अब अदालतको यस निर्णयसँगै इलेक्ट्रिक ड्रिम्स मोबिलिटीले केवाइसीको आधिकारिक पार्टस् र सेवा उपलब्ध गराउने र एम्बर मोटर्सले नियोसिया भ्यान बजारमा ल्याउने बाटोसमेत खुलेको छ । अदालतको यो फैसलासँगै बजारमा स्वस्थ प्रतिस्पर्धा बढाउने र उपभोक्तालाई विकल्प र विश्वसनीय सेवा प्राप्त गर्ने बाटोसमेत खुलेको छ ।

केवाइसी भ्यानको नयाँ आधिकारिक आयातकर्ता इलेक्ट्रिक ड्रिम्स मोबिलिटीले पहिले विक्री भइसकेका केवाइसी भ्यानको वारेन्टीसमेत दिने र पार्टपूर्जा समेत ल्याएर विक्री गर्ने भनी अदालतमा निवेदनसमेत दिएको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ८ : २१ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय