एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण, कसले कति पाए ? | Khabarhub Khabarhub

एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण, कसले कति पाए ?


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण गरेको छ ।

चिकित्सा शिक्षा आयोगको विशेष आग्रहमा काउन्सिलले नयाँ शैक्षिकसत्र २०७६/७७ लागि मेडिकल कलेजहरुका लागि नयाँ सिट निर्धारण गरेको हो ।

काउन्सिलले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिट सङ्ख्या निर्धारण गरेको जनाएको छ ।

काउन्सिलका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (एमबिबीएस १०० र बिडीएस ५०) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (एमबिबीएस ६५), काठमाडौँ स्कूल अफ मेडिसीन धुलिखेल (एमबिबीएस ८५ र बिडीएस ५०), नोबेल मेडिकल कलेज (एमबिबीएस १०० र बिडीएस ३५) ले सिट प्राप्त गरेका छन् ।

यसैगरी विराट मेडिकल कलेज (एमबिबीएस ७५), काठमाडौँ मेडिकल कलेज (एमबिबीएस १०० र बिडीएस ५०), नेपाल मेडिकल कलेज ( एमबिबीएस १०० र बिडीएस ५०), कलेज अफ मेडिकल साइन्सेस ( एमबिबीएस १०० र बिडीएस ५०) र लुम्बिनी मेडिकल कलेज ( एमबिबीएस १००), नेपालगञ्ज मेडिकल कलेज (एमबिबीएस १००), मनिपाल मेडिकल कलेज (एमबिबीएस १००), देवदह मेडिकल कलेज ( एमबिबीएस ५०) र कान्तिपुर डेन्टल कलेज (बिडीएस ५०) को सिट सङ्ख्या निर्धारण गरेको काउन्सिलले जनाएको छ ।

नयाँ शुल्क निर्धारण

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको नयाँ शुल्क निर्धारण गरेको थियो । आयोगको असोज १ र ३० गतेको बसेको बैठकले नयाँ शैक्षिकसत्र २०७६÷७७ का लागि चिकित्सा शिक्षाको स्नातक तहअन्तर्गत एमबिबीएस र बिडीएस कार्यक्रमका लागि फरक–फरक शुल्क निर्धारण गरेको थियो ।

उपत्यकाभित्र एमबिबीएस अध्ययन गर्न रु ४० लाख २३ हजार २५० र उपत्यका बाहिर रु ४४ लाख ३६ हजार २५ शुल्क निर्धारण गरेको थियो । त्यसैगरी, बिडीएसका लागि उपत्यकाभित्र र बाहिर रु २० लाख १९ हजार ५८० तोकिएको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि एमबिबीएस तहका लागि उपत्यकाभित्र रु ३८ लाख ५० हजार र उपत्यका बाहिर रु ४२ लाख ४५ हजार तथा बिडीएसका लागि उपत्यकाभित्र रु १९ लाख ३२ हजार ६१२ शुल्क रहेको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ९ : ४७ बजे

सिंहदरबारमा बोतल र जारको पानी बन्द गरिन्छ : मन्त्री यादव

काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादवले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा

चरमपन्थीको बन्दुक खोसेर पर्यटकलाई बचाउन खोज्दा मारिए कश्मीरी युवक सैयद हुसैन

श्रीनगर- जम्मू-कश्मीरको पहलगाममा आतंकवादी हमलाका क्रममा एक जना कश्मीरी नागरिक

भारतीय ऊर्जामन्त्री खट्टरले भेटे उपप्रधानमन्त्री सिंहलाई

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह र भारतीय विद्युत्,

गाउँपालिका अध्यक्षदेखि कर्मचारीसम्म भ्रष्टाचारका आरोपितः छानबिन समिति निकम्मा

धनगढी – बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा गठित १० सदस्यीय

कांग्रेसद्वारा कश्मीर आक्रमणप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसले भारतको जम्मु–कश्मीरस्थित पहलगाममा पर्यटकमाथि आतंककारीले गरेको आक्रमणप्रति