तेह्र वर्षमा २१ लाख बिरामीको उपचार « Khabarhub

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल दासले नेतृत्व गर्नुभएको मध्यपुरथिमि नगरपालिका–१ मनोहरास्थित बिपी नेत्र प्रतिष्ठानले स्थापनाको १३ वर्षमा २१ लाख बिरामीलाई सेवा प्रदान गरेको छ ।

विश्व अपाङ्ग दिवसको अवसर पारेर अस्पतालले आज यहाँ आयोजना गरेको १३औँ वार्षिकोत्सव कार्यक्रममा अस्पताल स्थापनाको सो अवधिमा प्रदान गरेको सेवाका बारेमा जानकारी दिइएको हो । मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले प्रतिष्ठानको रुपमा सञ्चालित अस्पतालले आँखाको मात्रै नभई नाक, कान र घाँटीकोसमेत विशेषज्ञ चिकित्सकद्वारा उपचार हुँदै आएको जानकारी दिए।

प्रतिष्ठानका लागि बागमती प्रदेश सरकारले रु ६० लाख यस प्रतिष्ठानका लागि पठाएको बताउँदै उक्त रकम नगरपालिकाले निकासा गर्ने उनले बताए । प्रतिष्ठानका अध्यक्ष एवं दिव्य शताब्दी पुरुष १०२ वर्षीय दासले अस्पतालले वार्षिक एक लाखदेखि एक लाख ५० हजार नागरिकलाई आँखा, नाक, कान, घाँटीको उपचार सेवा प्रदान गरेको बताए ।

उनले आर्थिक अवस्था कमजोर भएका देशभरका नेत्रहिन र कान नसुन्ने बालबालिकाको निःशुल्क उपचार गर्नुका साथै उनीहरूको शिक्षा, परामर्श सेवा प्रदान गर्दै आएको बताए। कार्यक्रममा प्रतिष्ठानले केन्द्रमा कार्यरत कर्मचारी सचिन श्रेष्ठलगायतका उत्कृष्ट कर्मचारीलाई मेडल, प्रमाणपत्रसहित पुरस्कृत गरेको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  १० : ५० बजे

नेपालमा बाघको सङ्ख्या ४२९ पुग्यो

काठमाडौँ– पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ ।

गोकुलको टिप्पणी : प्रधानमन्त्री र गृहमन्त्री श्मशान जाग्ने बेला ब्युँझिएर फेसबुकमा झुल्किन्छन् 

काठमाडौं– नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले सुनसरीको देवानगञ्जमा भएको

श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन सानेपा पुगे नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शवमा

सर्वदलीय बैठकमा प्रश्न: यो देशमा प्रधानमन्त्री र गृहमन्त्री छन् कि छैनन् ?

काठमाडौँ – सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन

स्वास्थ्यकर्मी सुरक्षा समन्वय समिति बैठकका निर्णयहरू

काठमाडौँ– लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा