अलैँचीको बजार मूल्य लगातार ओरालो « Khabarhub

अलैँचीको बजार मूल्य लगातार ओरालो


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ – पछिल्लो समय अलैँचीको बजार मूल्य लगातार ओरालो लागेको छ । मङ्सिरदेखि मूल्यमा तीव्र उतार–चढाव देखिन थालेको व्यापारीहरूको भनाइ छ ।

गत कात्तिक २३ गते फुङ्लिङ बजारमा प्रतिमन (४० केजी) अलैँची एक लाख दुई हजार रुपैयाँसम्ममा कारोबार भएको थियो । जुन यस वर्षको सबैभन्दा उच्च मूल्य मानिन्छ । तर यो मूल्य २४ घण्टाभन्दा बढी टिक्न सकेन । त्यसयता क्रमशः घट्दै आएको मूल्य आज प्रतिमन ९२ हजार रुपैयाँमा झरेको छ । बुधबार प्रतिमन ९३ हजारमा व्यापार भएको अलैँची एक दिनमै एक हजार रुपैयाँले घटेको व्यापारी कमल बरालले जानकारी दिए ।

असोज दोस्रो सातासम्म प्रतिमन ८५ हजारमा स्थिर रहेको अलैँचीको मूल्य एक महिनामै १५ देखि १७ हजार रुपैयाँले वृद्धि भएर नयाँ उत्पादन सुरु भएको ८० हजार प्रतिमनबाट एक लाख दुई हजार रुपैयाँसम्म पुगेको थियो । तर उच्च मूल्य नटिकी फेरि तीव्र गतिमा गिरावट आएको हो । अन्तर्राष्ट्रिय बजारको माग र मूल्यअनुसार अलैँचीको भाउ निर्धारण हुने भएकाले उतारचढाव भएको व्यापारीहरू बताउँछन् । 

कोशी प्रदेशमा हाल सात हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रमा अलैँचीखेती हुँदै आएको छ । आर्थिक वर्ष २०८१-८२ मा काँकरभिट्टा नाकाबाट मात्र सात अर्ब ६७ करोड रुपैयाँ बराबरको अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ । 

चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो त्रैमासमा अलैँची निर्यात ३३ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ । साउन, भदौ र असोज महिनामा काँकरभिट्टा नाकाबाट रु एक अर्ब ६७ करोड ९१ लाख ७५ हजार  बराबरको एक हजार ७२ मेट्रिकटन अलैँची भारत निर्यात भएको जनाएको छ ।
 

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  २ : ४० बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज