ठेकेदारको लापरबाहीले कोट अस्पताल पाँच वर्षदेखि अलपत्र « Khabarhub

ठेकेदारको लापरबाहीले कोट अस्पताल पाँच वर्षदेखि अलपत्र


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भोजपुर– यहाँको टेम्केमैयुङ गाउँपालिका-७ कोटमा निर्माणाधीन अस्पताल भवनको काम पाँच वर्षदेखि अलपत्र बनेको छ । 

काम छाडेर ठेकेदार सम्पर्कविहीन बनेपछि अस्पताल निर्माण अलपत्र बनेको हो । विसं २०७८ मा दुई वर्षभित्र सम्पन्न गर्नेगरी १५ शैय्याको अस्पताल निर्माण थालिएको थियो । ठेकेदारले मैदान सम्याएर, कम्पाउण्ड र रिटेनिङ वाल मात्र लगाएर सम्पर्कविहीन भएपछि स्थानीय निराश भएका छन् ।

अस्पताल सम्झौता अनुसार २०८० सालको असारमा सम्पन्न गर्नेगरी भूमि हिमालयन जेभीले निर्माणको जिम्मा लिएको थियो । सम्झौता अवधि सकिएको दुई वर्ष बितिसक्दा पनि हालसम्म १० प्रतिशत मात्र काम गरेर ठेकेदार विवेश कार्की सम्पर्कविहीन बनेका गाउँपालिकाले जनाएको छ ।

अस्पताल निर्माणको कूल लागत भ्याटबाहेक रु दश करोड १३ लाख ८३ हजार रहेको छ । हालसम्म निर्माण कम्पनीले रु ९१ लाख भुक्तानी लगेको गाउँपालिकाले जनाएको छ ।

खेती गरिरहेको जग्गा अस्पताल निर्माणका लागि दिएका स्थानीयले काम अलपत्र बनेपछि ठेकेदारलाई कारबाहीको माग गरेका छन् । काममा लापरबाही गर्ने ठेकेदारलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने माग रहेको स्थानीय भवानी नेपालले बताए।

‘अस्पताल निर्माण पाँच वर्षदेखि अलपत्र छ’, उनले भने, ‘अस्पताल बनेर सेवा पाइएला भन्ने आशामा जग्गा दिएका थियौँ । अहिले काम अलपत्र बनेपछि हामी निराश बनेका छौँ । सरकारले ठेकेदारलाई कारबाहीको दायरामा ल्याएर काम सञ्चालन गर्न हामी माग गर्दछौँ ।’

देशविदेशमा रहेका कोटबासी तथा स्थानीयसँग समन्वय गरेर १३ दशमलव पाँच रोपनी जग्गा अस्पताल निर्माणका लागि प्रदान गरिएको स्थानीय योगेन्द्र कटुवालले बताए। स्थानीयसँग रकम संकलन गरेर जग्गा खरिद गरिएको उनको भनाइ छ । 

‘अस्पताल बन्ने आशामा देशविदेशमा रहेका तथा स्थानीयसँग समन्वय गरी रकमको व्यवस्थापन गरेर जग्गा प्रदान गरेका हौँ’, उनले भने,’अहिले खेती गरिरहेको जग्गा बाँझिएको छ । लामो समयसम्म पनि अस्पताल बनेन ।’

गाउँपालिकाले अस्पताल भवन समयमा सम्पन्न गराउन पटकपटक समन्वय गरे पनि निर्माण कम्पनी सम्पर्कमा नआएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए। ठेकेदारले लामो समयदेखि काम अपलत्र पारेकाले गाउँपालिकाले उक्त कम्पनीलाई कारबाहीको प्रक्रिया अघि बढाउने तयारी गरिरहेको उहाँले जानकारी दिए ।

‘ठेकेदारका कारण कोट अस्पताल निर्माण अलपत्र बनेको छ’, अध्यक्ष बस्नेतले भने, ‘कामलाई शीघ्र अघि बढाउन पालिकाको तर्फबाट पटकपटक ताकेता गर्दा पनि ठेकेदार सम्पर्कमा आएन । अब भने कारबाहीको थप प्रक्रिया अघि बढाउने तयारीमा छौँ ।’

यहाँ अस्पताल बनेपछि टेम्केमैयुङ-६,७, ५ ८ र ९ का स्थानीय लाभान्वित हुनेछन् । 

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ३ : ०१ बजे

बढ्दै बाँदर समस्या, १० महिनामा ११ अर्ब बढीको मकै र मकैजन्य वस्तु आयात

काठमाडौं– पछिल्लो केही दशक यता नेपालको मध्य पहाडी क्षेत्रको मुख्य

खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव-२०८३ : पाँच जनालाई नगदसहित सम्मान

खोटाङ– जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न ‘तेस्रो बृहत्

चिकित्सक सङ्घको सम्मेलन जेठ १६ र १७ मा

चितवन– नेपाल चिकित्सक सङ्घले यही जेठ १६ र १७ गते

उत्पादन र रोजगारी केन्द्रित बजेट ल्याउँदै लुम्बिनी प्रदेश

सिद्धार्थनगर– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा दुई हजार