पोखराविरुद्ध काठमाडौंका शाहब आलमको उत्कृष्ट बलिङ, पूरा गरे सिजनकै पहिलो ह्याट-ट्रिक « Khabarhub

पोखराविरुद्ध काठमाडौंका शाहब आलमको उत्कृष्ट बलिङ, पूरा गरे सिजनकै पहिलो ह्याट-ट्रिक


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं गोर्खाजका शाहब आलमले नेपाल प्रिमियर लिग एनपीएल सिजन २ को पहिलो ह्याट–ट्रिक पूरा गरेका छन् । पोखरा एभेन्जर्सविरुद्धको खेलमा आलमले ह्याट-ट्रिक पूरा गरेका हुन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबारको पहिलो खेलअन्तर्गत दोस्रो इनिङको अन्तिम ओभरमा उनले ह्याट–ट्रिक पूरा गरे । उक्त ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा उनले लगातार विकेट लिए ।

ओभरको पहिलो बलमा ऋषि धवन मिलिन्द कुमारको हातबाट क्याच आउट भए । त्यसैगरी, सोलगत्तै ओभरको दोस्रो बलमा विपिन खत्री स्टम्पिङको शिकार भए ।

तेस्रो बलमा भने आकाश चन्द पनि मिलिन्द कुमारको हातबाट क्याच आउट भए । यस ओभरको अन्तिम बलमा पनि शाहब आलमले सागर ढकालको विकेट लिए । उनी करण केसीको हातबाट क्याच भएका थिए ।

त्यसअघि उनले जेसन रोय र किरण ठगुन्नाको विकेट पनि लिएका थिए । समग्रमा यस इनिङमा शाहब एक्लैले ६ विकेट लिए ।

शाहब आलमको उत्कृष्ट बलिङको मद्दतमा काठमाडौंले पोखरालाई १३ रनले पराजित गर्‍यो ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ३ : ४१ बजे

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत काम

मोरङ – सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ