खेलकुदमन्त्रीले भने- युवाका मुद्दालाई प्रभावकारी रुपमा अघि बढाउँछु « Khabarhub

खेलकुदमन्त्रीले भने- युवाका मुद्दालाई प्रभावकारी रुपमा अघि बढाउँछु


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले युवाका मुद्दालाई प्रभावकारी रुपमा अघि बढाउने बताएका छन् । 

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०२५ को अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय युवा परिषद्ले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेको सडक दुर्घटना न्यूनीकरण सचेतना तथा स्वयंसेवा कार्यक्रममा मन्त्री गुप्ताले आफ्नो मन्त्रालय अन्तर्गत खेलकुदका साथै युवा समेत रहेकाले युवाहरूलाई केन्द्रीय गरेर उनीहरूको मुद्दालाई प्रभावकारी रुपमा अघि बढाउने बताएका हुन् ।

उनले सडक दुर्घटना न्यूनीकरणका लागि सीमित स्रोतका बाबजुद आवश्यक सहयोग हुने प्रतिबद्धता जनाए ।

मन्त्री गुप्ताले ट्राफिक प्रहरीप्रति र ट्राफिक प्रहरीले अरूप्रति हेर्ने दृष्टिकोणलाई सकारात्मक रुपमा अघि बढाउन बसे सडक दुर्घटना न्यूनीकरण गर्न सकिनेमा जोड दिए । 

स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स्वयंसेवाको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय तहसम्म प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो दिवस सन् १९८५ देखि हरेक वर्ष डिसेम्बर ५ तारिकका दिन मनाउन थालिएको हो । 

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  १२ : २४ बजे

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

कास्की– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली– नेपाल विद्युत प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले

पौवादुङमाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन

तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि