मधेशकी समानुपातिक सांसद कञ्चन विच्छा पदमुक्त « Khabarhub

मधेशकी समानुपातिक सांसद कञ्चन विच्छा पदमुक्त


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशकी महिला तर्फ समानुपातिक सांसद कञ्चन विच्छा पदमुक्त भएकी छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले उनलाई पार्टीको नीति विपरीत काम गरेको र अनुशासन तोडेको आरोप लगाउँदै ६ महिनाका लागि साधारण सदस्यबाट निष्कासन गरेको छ। 

त्यही आधारमा उनलाई प्रदेश सभा सदस्यको पदबाट फिर्ता लिन केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरेको पत्र प्रदेश सभा सचिवालयमा दर्ता भएको छ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ र प्रदेश सभा कार्यसंचालन नियमावली २०७५ का नियम १९० र १९१ अनुसार प्रदेश सभाले उनको सदस्यता खारेज गरिएको सूचना सार्वजनिक गरेको छ।

बिच्छा बुधबार राजीनामा दिएका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारमा गएपछि राप्रपाले कारबाही थालेको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ३ : १८ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री