कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन « Khabarhub

कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले ७७ वटै जिल्लामा जिल्ला संयोजक चयन गरेको छ । कांग्रेस सुधार अभियानले ४० वर्ष मुनिका नवयुवालाई पार्टीभित्र आकर्षण गराउनका लागि आज ७७ वटै जिल्लामा संयोजक तोकेको हो ।

अभियानका संयोजक शिव रिमालले पार्टीभित्रका हरेक तहमा ४० वर्षमुनिका ४० प्रतिशत युवालाई प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताए । “पार्टीको तर्फबाट केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचनमा ४० वर्षमुनिका ४० प्रतिशत युवालाई प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने अभियानको मुख्य माग र उद्देश्य हो”, उनले भने ।

अभियानमार्फत भ्रष्टाचारका विरुद्धमा खबरदारी गर्दै सुशासन कायम गर्ने, पार्टीको तर्फबाट हरेक निकायको निर्वाचनमा उम्मेदवार छनोट गर्दा ‘प्राइमरी इलेक्सन’ को व्यवस्था गराउने भएको छ ।

यसैगरी, लोकतन्त्रको संरक्षण र संवर्द्घनका लागि खबरदारी, नयाँ बहस र पैरवी गर्न सबै जिल्लाका संयोजक तोकिएको रिमालले जानकारी दिए ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ८ : २४ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२