सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता « Khabarhub

सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

उदयपुर – सुनकोशी नदीमा हाम फालेका उदयपुरको कटारी–३ च्याँगाका ६२ वर्षीय लुप्त (मिश्र) बहादुर कार्की तीन दिनदेखि बेपत्ता भएका छन् । कटारी–१४ घुर्मी र ओखलढुङ्गाको हर्कपुर जोड्ने सुनकोशी पुलबाट तीन दिनअघि बुधबार दिउँसो कार्कीले हाम फालेका थिए ।

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक लङ्कबहादुर श्रेष्ठका अनुसार घटनास्थलमा कार्कीको टोपी र जुत्ता फेला परेको थियो । ‘भोलि गोताखोर टोली आएर खोजी गर्ने तयारी छ’, निरीक्षक कार्कीले भने, ‘तीन दिनदेखि घटनाको अनुसन्धान र खोजी जारी राखे फेला पर्न सकेको छैन ।’

घटनापश्चात प्रहरी, आफन्त र स्थानीयले डोरीको माध्यमबाट कोशीमा खोजी जारी राखे फेला परेको छैन । स्थानीयका अनुसार बुधबार दिउँसो कार्कीले पुलको मध्यभागबाट कोशीमा हाम फालेका थिए ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  १० : २८ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको