हायात क्यासिनोमा आगजनी र चोरीमा संलग्न दुई जना पक्राउ « Khabarhub

हायात क्यासिनोमा आगजनी र चोरीमा संलग्न दुई जना पक्राउ


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा हायात होटलभित्र रहेको क्यासिनोमा भएको चोरी, तोडफोड र आगजनी प्रकरणमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा बौद्ध बस्ने ४२ वर्षका सेड्डी भन्ने दावा शेर्पा र बुढानीलकण्ठ नगरपालिका-१२ बस्ने २९ वर्षका रने भन्ने रन्जित खड्गी छन्। उनीहरूलाई मंसिर १२ गते बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अपरिचित समूहले धारिलो हतियार देखाएर क्यासिनो काउन्टरमा राखिएको नगद लुटपाट गरेका थिए। त्यही क्रममा क्यासिनोभित्रका संरचना तोडफोड र आगजनीसमेत गरी उनीहरू फरार भएका थिए।

दुवैलाई चोरी तथा डाँका सम्बन्धी कसूर र आपराधिक उपद्रव गरेको आरोपमा काठमाडौं जिल्ला अदालतबाट सात दिनसम्मको म्याद अनुमति लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरी परिसरका सूचना अधिकारी पवन कुमार भट्टराईका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी छ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  १० : ३९ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ