हायात क्यासिनोमा आगजनी र चोरीमा संलग्न दुई जना पक्राउ « Khabarhub

हायात क्यासिनोमा आगजनी र चोरीमा संलग्न दुई जना पक्राउ


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा हायात होटलभित्र रहेको क्यासिनोमा भएको चोरी, तोडफोड र आगजनी प्रकरणमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा बौद्ध बस्ने ४२ वर्षका सेड्डी भन्ने दावा शेर्पा र बुढानीलकण्ठ नगरपालिका-१२ बस्ने २९ वर्षका रने भन्ने रन्जित खड्गी छन्। उनीहरूलाई मंसिर १२ गते बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अपरिचित समूहले धारिलो हतियार देखाएर क्यासिनो काउन्टरमा राखिएको नगद लुटपाट गरेका थिए। त्यही क्रममा क्यासिनोभित्रका संरचना तोडफोड र आगजनीसमेत गरी उनीहरू फरार भएका थिए।

दुवैलाई चोरी तथा डाँका सम्बन्धी कसूर र आपराधिक उपद्रव गरेको आरोपमा काठमाडौं जिल्ला अदालतबाट सात दिनसम्मको म्याद अनुमति लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरी परिसरका सूचना अधिकारी पवन कुमार भट्टराईका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी छ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  १० : ३९ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको