नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता हो : राष्ट्रपति « Khabarhub

नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता हो : राष्ट्रपति


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाटन– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमात्र नभइ नागरिकको जीवनस्तरमा सुधार ल्याउने विकास आजको आवश्यकता भएको बताएका छन् । 

ललितपुर महानगरको नवनिर्मित भवनको शनिबार आयोजित विशेष समारोहमा उद्‌घाटन गर्दै उनले प्रभावकारी सेवा प्रवाह र सुशासन कायम गर्नेतर्फ सबै निकाय सचेत हुनुपर्नेमा जोड दिए । जनताका गुनासा सुन्ने र तिनलाई सम्बोधन गर्नु हरेक राष्ट्रसेवकको दायित्व भएको उनले बताए।

‘लोकतन्त्र केबल शासन व्यवस्था मात्र होइन यो लोकको आवाज सुन्ने र उनीहरूको चाहनाअनुरूप काम गर्ने पद्धति हो । नयाँ पुस्ताको यो चाहना बुझेर राजनीतिक नेतृत्वले त्यसैअनुसार आफूलाई रूपान्तरण गर्नुपर्छ’, नयाँ पुस्ताको चाहना सुशासन भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भने।

उनले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै विकासको युगीन अभिभारा पूरा गर्ने युवा पुस्ताको चाहनालाई पूरा गर्न तथा देशको वर्तमान परिस्थितिलाई निकास दिन आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन आह्वान गरे ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  १ : ०८ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ