समावेशी नीति कार्यान्वयनको चुनौतीबारे छलफल « Khabarhub

समावेशी नीति कार्यान्वयनको चुनौतीबारे छलफल


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अपाङ्गता भएका व्यक्तिको नीतिसहित यातायात, भौतिक पूर्वाधार तथा संरचनालगायत क्षेत्रमा सहज पहुँच विस्तार हुनुपर्नेमा सरोकार भएकाहरूले जोड दिए । 

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालद्वारा शुक्रबार ललितपुरमा आयोजित ‘समावेशी नीति तथा पहुँचसहितका कार्यान्वयनका चुनौतीहरू’ विषयक कार्यशालामा सहभागीहरूले राष्ट्रिय नीति, कानुनी संरचना तथा व्यावहारिक चुनौती, पूर्वाधारमा सहज पहुँच, समावेशी नीतिलगायत विषयमा छलफल गरेका हुन् ।

राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष देविदत्त आचार्यको सभापतित्वमा कार्यशालामा अपाङ्गता भएका व्यक्ति, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, सरोकार भएका निकायका प्रतिनिधिलगायत ६० जना भन्दा बढीको सहभागिता थियो । 

डाइभर्सिटी, इक्विटी एण्ड इन्क्लुजन स्पेसलिस्ट मनोज गोहीवारले अपाङ्गतासम्बन्धी राष्ट्रिय नीतिहरू, कानुनी संरचना, व्यावहारिक चुनौती, पहुँच विस्तारलगायत विषयमा प्रस्तुतीकरण दिँदै भौतिक संरचनामा सहज पहुँच, समावेशी नीति अवलम्बन गर्नु आजको आवश्यकता भएको धारणा राखे। 

उनले नेपालको समावेशी नीति, पूर्वाधार तथा भौतिक संरचना, हाल लागू भएका नीति र कानुन, कानुनी पहुँचसम्बन्धी व्यवस्था, स्थानीय तहमा देखिने व्यावहारिक कठिनाइलगायत विषय सुधार गर्न समावेशी नीतिलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

छलफलमा सहभागी युवाले भवन निर्माण संहिताअनुसार पहुँचको अवस्था, यातायात अनुमति, सार्वजनिक सेवामा पहुँच स्तिार, अपाङ्मैत्री भौतिक संरचना, सार्वजनिक पूर्वाधार सुधारलगायत विषयमा समस्या रहेका बताएका छन् । सहभागीहरूले अपाङ्गता भएकाहरूको दैनिकी सहज बनाउन दीर्घकालीन योजनासहित कानुनी पहुँच विस्तार गर्दै अपाङ्मैत्री पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् ।

समूहगत छलफलमा सहरी विकास मन्त्रालयका सहसचिव नवराज प्याकुरेल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी प्रतिनिधि नीरादेवी अधिकारी, अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ(एआइएन)का समन्वयकर्तालगायतको सहभागिता थियो । छलफलमा सहजकर्ताका रूपमा सरिता लामिछाने थिए।  

कार्यक्रमको समग्र प्रतिवेदन तथा निष्कर्षमाथि नेपाल नेत्रहिन सङ्घका अध्यक्ष शिशिर खनालले विश्लेषण गरे । उनले नीति, नियम र कार्यान्वयनबीचको असमानता घटाउन सरकारी संयोजन, बहुपक्षीय सहकार्य र स्थानीय तहमा व्यावहारिक सुधार अपरिहार्य रहेको टिप्पणी गरे । 

राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष आचार्यले भने, ‘नेपालमा समावेशी नीतिहरू पर्याप्त छन्, तर इमान्दारपूर्वक कार्यान्वयन भएका छैनन् । अपाङ्गता भएकाहरूको यातायात, सार्वजनिक सेवा, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा पहुँच सुनिश्चितता हाम्रो सामूहिक जिम्मेवारी हो । युवाको आवाज, नेतृत्व र संरचनागत सुधारले परिवर्तन सम्भव छ ।’

फेयरमेडको आयोजनामा भएको कार्यक्रममा एआइएन, पिपुल इन निड (पिआइएन), राष्ट्रिय अपाङ्ग महासङ्घ र ह्यान्डिक्याप इन्टरनेसनल नेपालको सहकार्यमा भएको थियो । 

सहभागीहरूले सकारात्मक सुधारका लागि बहुपक्षीय छलफल नियमित रूपमा गर्नुपर्ने, प्राविधिक सहयोग बढाउनुपर्ने, सरकारी संयोजन प्रभावकारी बनाउनुपर्नेलगायत सुझाव दिएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  २ : १५ बजे

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको

गल्लीगल्लीका ‘ग्याङ फाइट’ ले लिँदै छ ज्यान, भिडियो खिच्नेबाट प्रहरी हैरान

काठमाडौँ – प्रसङ्ग हो– जेठ ९ गते कैलालीमा भएको ग्याङफाइट

लेबनानमा आक्रमण: बालबालिकासहित ३१ जनाको मृत्यु

बेरुत – इजरायलले दक्षिणी र पूर्वी लेबनानमा आक्रमण तीव्र बनाएको

आईपीएल : इलिमिनेटरमा राजस्थान र हैदरावाद भिड्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज इलिमिनेटर खेल

नेपाल प्रेस युनियनले आज ३५औँ स्थापना दिवस मनाउँदै, विधान महाधिवेशनको आयोजना

काठमाडौँ– लोकतन्त्रवादी पत्रकारहरूको साझा संगठन नेपाल प्रेस युनियनले आज देशभर