मोरङ प्रहरीद्वारा ५ हजार केजी गाँजा नष्ट « Khabarhub

मोरङ प्रहरीद्वारा ५ हजार केजी गाँजा नष्ट


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रहरी कार्यालय मोरङले विभिन्न समयमा पक्राउ गरेको करिब ५ हजार किलो गाँजा नष्ट गरेको छ । 

मोरङ प्रहरीले आर्थिक वर्ष २०८०-८१ देखि हालसम्म पक्राउ गरेको गाँजा नष्ट गरेको हो । नष्ट गरिएको गाँजाको मूल्य करिब दुई करोड रुपैयाँ बराबर हुने बताइएको छ ।

कानुनी प्रक्रिया र प्राविधिक कारणले लामो समय थुप्रिएका गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कबित कटुवालले जानकारी दिए ।

उनले पहिले गाँजा जलाउने गरिएको भएपनि त्यसबाट वातावरणीय प्रदुषण हुने भएकाले यसपटक आफ्नै परिसरमा गाडिएको बताए ।  बढी मूल्य र फाइदा हुने भन्दै गाँजा नेपालबाट भारत तर्फ चोरी तस्करी हुने प्रमुख वस्तुमा पर्दछ । 

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ४ : ०० बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा