युनाइटेडको घरेलु मैदानमा जीत हात पारौं भने पनि सफल हुन सकिएन – योर्गन क्लोप « Khabarhub

युनाइटेडको घरेलु मैदानमा जीत हात पारौं भने पनि सफल हुन सकिएन – योर्गन क्लोप


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – लिभरपुलका प्रशिक्षक योर्गनज क्लोपले म्यान्चेस्टर युनाइटेड उसको घरेलु मैदानमा सधै आफ्नो टोलीमाथि हाबी हुँदै आएको बताएका छन् ।

आइतबार राति ओड ट्राफोर्डमा भएको खेलमा युनाइटेड र लिभरपुलले १–१ बराबरी खेलेका थिए । खेलपछि प्रतिक्रिया दिँदै क्लोपले युनाइटेड लिभरपुलमाथि उसको घरेलु मैदानमा सधै हाबी हुने गरेको स्वीकारेका हुन् ।

प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलसँग यो सिजनमा युनाइटेडले मात्रै अहिलेसम्म एक अंक खोस्न सफल भएको हो । ९ खेल खेलेको लिभरपुलको २५ अंकसहित शिर्ष स्थानमा हुँदा ओले गनर सोल्सायरको टिम युनाइटेडभने रेलिगेसनको त्रासमा छ ।

‘यो बर्ष, अघिल्लो बर्ष, त्यो भन्दा अघिल्लो बर्ष उनीहरुले रोक्दै आएक छन्,’ क्लोपले भने,‘त्यो कसरी भइरहेको छ । ठिक छ । यो आलोचनात्मक छैन । यो मात्र एक सत्य हो ।’

क्लोपले यूनाइटेडको घरेलु मैदानमा हुने खेलमा जीत हात पारौं भने पनि सफल हुन नसकेको बताएका छन् ।

आइताबर रातिको खेलमा युनाइटेडले मार्कस रासर्फोडको गोलमा ३६ औं मिनेटमा लिभरपुलविरुद्ध अग्रता बनाएको थियो । तर, खेलको ८५ औं मिनेटमा लिभरपुलका आडम लल्लनको गोलमा खेल बराबरीमा रोकिएको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  २ : १३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन