अमेरिका–युक्रेनबीच सुरक्षा सहयोगको प्रारम्भिक ढाँचा तयार « Khabarhub

अमेरिका–युक्रेनबीच सुरक्षा सहयोगको प्रारम्भिक ढाँचा तयार


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले दुई दिनसम्म चलेका वार्तापछि संयुक्त राज्य अमेरिका र युक्रेनबीच सुरक्षा व्यवस्थासम्बन्धी प्रारम्भिक ढाँचा (फ्रेमवर्क) मा सहमति भएको जनाएको छ ।

विज्ञप्ति अनुसार, शान्तिका लागि विशेष दूत स्टिभेन विटकफ र जारेड कुशनरले युक्रेनका राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्का सचिव रुस्तेम उमेरोभ तथा जनरल स्टाफका प्रमुख जनरल अन्द्रिय ह्नातोभसँग रचनात्मक छलफल गरेका थिए । यी वार्ताहरू युक्रेनमा दिगो र न्यायोचित शान्ति स्थापित गर्न सम्भावित मार्ग पहिचान गर्ने उद्देश्यका साथ सम्पन्न भएका हुन् ।

गत दुई हप्तामा यो समूहको छैटौँ बैठक रहेको विज्ञप्तिमा उल्लेख छ । सचिव उमेरोभले युक्रेनको शीर्ष प्राथमिकता आफ्नो स्वतन्त्रता र सार्वभौमिकता सुरक्षित राख्ने, नागरिकहरूको सुरक्षा सुनिश्चित गर्ने र समृद्ध लोकतान्त्रिक भविष्य निर्माण गर्ने गरी समाधान खोजिनु पर्नेमा जोड दिए ।

बैठकमा अमेरिकन र रूसी प्रतिनिधिहरूबीच हालै सम्पन्न भेटका नतिजा पनि समीक्षा गरियो । साथै दुवै पक्षले दीर्घकालीन शान्ति कायम गर्न आवश्यक पर्ने प्रतिरोध क्षमता सहितको सुरक्षा व्यवस्थाको आधारभूत संरचनामा सहमति जनाए।

दुवै मुलुकले कुनै पनि वास्तविक प्रगति रूसको दीर्घकालीन शान्तिप्रति गम्भीर प्रतिबद्धता र तनाव घटाउने तथा हिंसा अन्त्य गर्ने ठोस कदममा निर्भर रहने कुरा स्वीकारे ।

यसबाहेक, दुवै पक्षले युक्रेनको युद्धपछिको पुनर्निर्माण, संयुक्त आर्थिक परियोजना तथा दीर्घकालीन पुनरुत्थान कार्यक्रम समेट्ने ‘भविष्य समृद्धि एजेन्डा’ बारे पनि छुट्टै छलफल गरेका थिए ।

विज्ञप्ति अनुसार वार्ताहरू शनिबार पनि जारी रहने छन् । प्रारम्भिक रिपोर्टअनुसार बैठकहरू मियामी, फ्लोरिडामा आयोजित भएका थिए ।
 

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ४ : ०७ बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा