महाधिवेशनमा एमालेले ५० हजार बढी युवा उतार्ने « Khabarhub

महाधिवेशनमा एमालेले ५० हजार बढी युवा उतार्ने


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)को महाधिवेशनमा युवा संघ नेपालले ५० हजार युवा काठमाडौंमा उतार्ने घोषणा गरेको छ।

युवा संघका अध्यक्ष क्षितिज थेबेले दिएको जानकारी अनुसार मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन सभामा युवाको उल्लेख्य सहभागिता बढाउन संंघले विभिन्न वडा, जिल्ला, पालिका र प्रदेश कमिटीलाई अनिवार्य रुपमा युवाको सहभागिताका लागि निर्देशन दिएको हो ।

थेबेका अनुसार काठमाडौं र ललितपुरका ६१ वटा वडाबाट सय जनाका हजारका दरले ६ हजार एक सय, उपत्यकाका अन्य १९ वटा पालिकाबाट १ हजारका दरले १९ हजार, उपत्यका बाहेक बागमतीका १० वटा जिल्लाबाट १५०० सयका दरले १५ हजार जना युवा जुटाउने युवा संघको तयारी छ ।

यसैगरी महाधिवेशनमा कोशी प्रदेशबाट चार हजार, मधेसबाट चार हजार, गण्डकीबाट तीन हजार लुम्बिनीबाट दुई हजार, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट पाँच सयका दरले युवा जुटाउने युवा संघले जनाएको छ ।

संघका अध्यक्ष थेबे भन्नुहुन्छ ‘हामी टाउको गनेर नै ५० हजार युवा कार्यक्रम स्थलमा उतार्छौ । यसका लागि हाम्रो संगठनका सबै कमिटी परिचालन गरेका छौं ।’

एमालेको ११ औं राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारी स्थित तीनकुने मैदानमा हुने एमालेले जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ८ : ५३ बजे

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

पोखरा बसपार्कको जग्गा छानबिन गर्न समिति गठन

कास्की– पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क निर्माणका लागि २०३० सालमा

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी– मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको

हिट फिल्मको सिक्वेल छोडेर ‘रोल नम्बर १’ गर्ने मुकुन

काठमाडौँ- शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रोल नम्बर १’को स्लोगान

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक