दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको बैतेश्वर गाउँपालिका–६ बुस्टिस्थित तामाकोशी–मन्थली खड्काखण्डमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।

आइतबार बिहान करिब ९ बजे तामाकोशीबाट मन्थलीतर्फ जाँदै गरेको बा ५२ प ४२९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई करिब २०–२५ मिटर तल तामाकोसी नदी किनार नजिकै बगरमा खसेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दुर्घटनापछि प्रहरीले मोटरसाइकलमा सवार दुवै जनालाई उद्धार गरी पशुपति चौलागाई स्मृति अस्पताल चरिकोट पठाइएको थियो ।

अस्पतालमा उपचारका क्रममा बैतेश्वर गाउँपालिका–१ गैरीमुदीका ३० वर्षीय अंकितराज उप्रेतीको मृत्यु भएको अस्पतालका चिकित्सकले पुष्टि गरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि सवार मेलुङ गाउँपालिका–१ पोवटीका ३० वर्षीय दोर्जे लामा घाइते भएका छन् । उनको बायाँ घुँडा र गर्दनमा चोट लागेको, अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना स्थल प्रहरी चौकी किराँतीछापबाट करिब ९ किलोमिटर दक्षिणपूर्व दूरीमा पर्ने प्रहरीले जनाएको छ। सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ११ : २७ बजे

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता