हेमजा साहित्य महोत्सव सम्पन्न « Khabarhub

हेमजा साहित्य महोत्सव सम्पन्न


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

गण्डकी – हेमजा साहित्य प्रतिष्ठाद्वारा पोखरा महानगरपालिका–२५ हेमजामा आयोजित दुई दिने हेमजा महोत्सव शनिबार सम्पन्न भएको छ।

महोत्सवमा देशका विभिन्न स्थानबाट लेखक तथा साहित्यकारको सहभागितामा कवि मुकुन्दशरण उपाध्यायको रथारोहणसहित विविध साहित्यिक कार्यक्रम आयोजना गरिएका थिए । उहाँलाई हेमजाको लामाचौतारादेखि साझा चोक, नहरचोक, मिलनचोक हुँदै साहित्य महोत्सवस्थल ज्ञानसागर एकेडेमीसम्म रथमा घुमाएर अभिनन्दन गरिएको थियो ।

महोत्सवको पहिलो दिन नेपाली नाटक तथा रङ्गमञ्च, आख्यान, महाकाव्य लेखन, गीत, गजल, लघुकथा, कविताका विविध पक्षमा चर्चा गरिएको थियो भने दोस्रो दिन कवि उपाध्यायको रथारोहण कार्यक्रम गरिएको थियो ।

महोत्सवका आकर्षण डा. नवराज लम्साल, डा. रमेश शुभेच्छु, डा रजनी ढकाल, माधव वियोगी रामचन्द्र पोखरेल, भूमिराज बस्ताकोटी, जगन्नाथ रेग्मी, कृष्ण उदासी, पुरु लम्साल, प्राञ्जल, ज्ञानु अधिकारी र तीर्थ गुरुङलगायत थिए।

त्यस अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपाली भाषा तथा साहित्यका क्षेत्रमा कवि उपाध्यायले पुर्याउनुुभएको योगदानको कदरस्वरुप रथारोहण कार्यक्रम आयोजना गरिएको बताए ।

साहित्यकार उपाध्यायका मदन पुरस्कार प्राप्त वर्णनात्मक कविता सङ्ग्रह ‘प्राकृत पोखरा’लगायत दर्जनौँ कृति प्रकाशित छन् ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ११ : ५५ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना