हेमजा साहित्य महोत्सव सम्पन्न « Khabarhub

हेमजा साहित्य महोत्सव सम्पन्न


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

गण्डकी – हेमजा साहित्य प्रतिष्ठाद्वारा पोखरा महानगरपालिका–२५ हेमजामा आयोजित दुई दिने हेमजा महोत्सव शनिबार सम्पन्न भएको छ।

महोत्सवमा देशका विभिन्न स्थानबाट लेखक तथा साहित्यकारको सहभागितामा कवि मुकुन्दशरण उपाध्यायको रथारोहणसहित विविध साहित्यिक कार्यक्रम आयोजना गरिएका थिए । उहाँलाई हेमजाको लामाचौतारादेखि साझा चोक, नहरचोक, मिलनचोक हुँदै साहित्य महोत्सवस्थल ज्ञानसागर एकेडेमीसम्म रथमा घुमाएर अभिनन्दन गरिएको थियो ।

महोत्सवको पहिलो दिन नेपाली नाटक तथा रङ्गमञ्च, आख्यान, महाकाव्य लेखन, गीत, गजल, लघुकथा, कविताका विविध पक्षमा चर्चा गरिएको थियो भने दोस्रो दिन कवि उपाध्यायको रथारोहण कार्यक्रम गरिएको थियो ।

महोत्सवका आकर्षण डा. नवराज लम्साल, डा. रमेश शुभेच्छु, डा रजनी ढकाल, माधव वियोगी रामचन्द्र पोखरेल, भूमिराज बस्ताकोटी, जगन्नाथ रेग्मी, कृष्ण उदासी, पुरु लम्साल, प्राञ्जल, ज्ञानु अधिकारी र तीर्थ गुरुङलगायत थिए।

त्यस अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपाली भाषा तथा साहित्यका क्षेत्रमा कवि उपाध्यायले पुर्याउनुुभएको योगदानको कदरस्वरुप रथारोहण कार्यक्रम आयोजना गरिएको बताए ।

साहित्यकार उपाध्यायका मदन पुरस्कार प्राप्त वर्णनात्मक कविता सङ्ग्रह ‘प्राकृत पोखरा’लगायत दर्जनौँ कृति प्रकाशित छन् ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ११ : ५५ बजे

मधेशका मुख्य न्यायाधिवक्ता महतो बर्खास्त

जनकपुरधाम- मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्।

सोमालियामा ‘भ्यागुते रोग’का कारण ५० बालबालिकाको मृत्यु

मोगादिशु – सोमालियामा भ्यागुते रोग’ का कारण कम्तीमा ५० बालबालिकाको

‘जेनजी’ आन्दोलनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं- सरकारले ‘जेनजी’ आन्दोनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई सम्पर्कमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड यही मंसिर २४ गतेदेखि आंशिक बन्द हुने