पुराण वाचकलाई शास्त्रीय मर्यादामा राख्न सम्मेलन « Khabarhub

पुराण वाचकलाई शास्त्रीय मर्यादामा राख्न सम्मेलन


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पुराण वाचन गर्ने व्यासहरुलाई शास्त्रीय मर्यादाअनुरुप सङ्गठित गर्ने उद्देश्यले कथावाचकको पहिलो सम्मेलन आयोजना गरिने भएको छ ।

हाल हप्तैपिच्छे देशका विभिन्न स्थानमा श्रीमद्भागवतलगायत पुराण वाचन भइरहेको हुन्छ । घर घरमा व्यक्तिगत रुपमा मात्र सामाजिक रुपमा अस्पताल, विद्यालय, महाविद्यालय, सडक, पुललगायत संरचना निर्माणका लागि आर्थिक सहयोग जुटाउनसमेत पुराण कथावाचन हुने गरेको छ ।

यसरी वाचन गरिने पुराण शास्त्रीय मर्यादा विपरीत भइरहेको भनी सार्वजनिक टिप्पणी हुन थालेपछि हिन्दू जागरण नेपालले व्यास सम्मेलन आयोजना गर्न लागेको अध्यक्ष रामकृष्ण उपाध्यायले जानकारी दिए । कात्तिक ८ गते पशुपति क्षेत्रमा आयोजना गरिने उक्त सम्मेलनमा ३ सयभन्दा बढी कथावाचाक सहभागी हुने उनले बताए ।

कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक समिति, सनातन विद्वत् परिषद् नेपाललगायत संस्थाका विद्वानको पनि सहभागिता रहने छ । व्यक्ति व्यक्तिले जे मन लाग्यो त्यही गर्दा शास्त्रको वचनअनुरुप काम हुन नसकेपछि एकरुपता ल्याउन सम्मेलन आयोजना गरिएको हो ।

गुरु र शुक्र अस्त भएका बेला एवम पितृ पक्षमा समेत कथावाचन भएको भन्दै कथावाचकको आलोचना हुँदै आएको थियो ।

शास्त्रले निर्देश गरेअनुरुपका दायित्वमा कथावाचक (व्यास)लाई हिँडाउनु नै सम्मेलनको मुख्य उद्देश्य रहेको आयोजक संस्थाले जनाएको छ । मुख्यरुपमा यस क्षेत्रमा आएका विकृति रोक्न सम्मेलन सहयोगी हुने विश्वास गरिएको छ । कार्यक्रममा इतिहास पुराण एवम धर्मशास्त्रका विद्वानले कथावाचकलाई मार्ग निर्देश गर्नुहुने बताइएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ३ : ५५ बजे

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट