श्रीलङ्कामा ७५ हजार भन्दा बढी घर क्षतिग्रस्त, राहत कार्य तीव्र « Khabarhub

श्रीलङ्कामा ७५ हजार भन्दा बढी घर क्षतिग्रस्त, राहत कार्य तीव्र


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलङ्का सरकारले आइतबार नयाँ चेतावनी जारी गरेको छ । श्रीलङ्कामा हालै आएको विनाशकारी चक्रवातका कारण अहिलेसम्म कम्तीमा ६१८ जनाको ज्यान गएको छ ।

गत हप्ता आएको चक्रवातले २० लाख भन्दा बढी मानिसलाई प्रभावित पारेको छ, जुन जनसङ्ख्याको करिब १० प्रतिशत हो । यो शताब्दीको सबैभन्दा विनाशकारी चक्रवात मानिएको छ ।

प्रकोप व्यवस्थापन केन्द्र (डीएमसी) का अनुसार, चक्रवातका कारण पहाडी क्षेत्रहरू अस्थिर बनेका छन् ।

भारी वर्षाले अवरुद्ध भएका क्षेत्रहरूमा राहत पुर्‍याउन हेलिकोप्टर र विमान प्रयोग गरिएको छ । श्रीलङ्का एयर फोर्सले म्यानमाबाट प्राप्त नयाँ राहत सामग्री पनि वितरण गरेको छ ।

श्रीलङ्का सरकारले ६१८ जनाको मृत्यु पुष्टि गरेको छ, जसमा ४६४ जना मध्य पहाडी चिया बगान क्षेत्रका छन् । अझै २०९ जनाको विवरण पत्ता लाग्न बाँकी छ ।

श्रीलङ्काका ७५ हजार भन्दा बढी घरहरूमा क्षति पुगेको छ, जसमा करिब पाँच हजार घर पूर्ण रूपमा नष्ट भएका छन् ।

सरकारले शुक्रबार ठूलो क्षतिपूर्ति योजना सार्वजनिक गरेको छ, जसले प्रभावित परिवारलाई घर पुनर्निर्माण र व्यवसाय सुरु गर्न सहयोग गर्नेछ ।

एक वरिष्ठ अधिकारीका अनुसार, पुनर्निर्माणमा करिब ७ अर्ब अमेरिकी डलर खर्च लाग्न सक्नेछ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलङ्काको अनुरोधमा थप २०० लाख अमेरिकी डलर सहयोग दिने बारे विचार गरिरहेको छ । उक्त रकम सन् २०२३ मा स्वीकृत २.९ अर्ब डलरको चार वर्षे ऋणको अतिरिक्त हो ।

राष्ट्रपति अनुुरा कुमारा दिस्सानायकका अनुसार श्रीलङ्काको अर्थतन्त्र सुधार भएको छ, तर यस प्रकोपको सामना एक्लै गर्न पर्याप्त बलियो छैन ।

सरकारले बाँचेकालाई सुरक्षित ठाउँमा नयाँ घर बनाउन सहयोग दिने योजना बनाएको छ । प्रत्येक मृत्यु वा स्थायी अपाङ्गता परेका व्यक्तिलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिइनेछ ।

केन्द्रीय बैङ्कले सबै बैङ्कलाई कर्जाको पुनःसमायोजन गर्न आदेश दिएको छ, जसले नागरिकलाई आर्थिक राहत प्रदान गर्नेछ । रासस

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  २ : ५१ बजे

सांस्कृतिक कार्यक्रमसहित लुम्बिनीमा बुद्ध जयन्ती

काठमाडौं– लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा भारतीय

बुद्ध जयन्तीकै दिन गुम्बा र मन्दिरमा चलाइयो डोजर (तस्बिरहरू)

काठमाडौं– बुद्ध जयन्तीकै दिन काठमाडौंको बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा र

पछिल्लो २ सातामा विपद्का ६ सय ७४ घटना, ३६ जनाको मृत्यु 

काठमाडौं– चालु वर्ष २०८३ को वैशाख १ गतेदेखि १८ गतेसम्म

मे दिवसमा जिफन्टको काठमाडौं र्‍याली, श्रमिक अधिकार र सीप विकासमा जोड

काठमाडौं– मे दिवस अर्थात १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस शुक्रबार विविध

अफ्रिकाका ५३ देशका लागि चीनको शून्य–कर घोषणा

एजेन्सी– चीनले अफ्रिकाका अधिकांश देशहरूसँग व्यापार सहज बनाउने उद्देश्यले ठूलो