पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दर्ता हुँदै « Khabarhub

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दर्ता हुँदै


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्न लागेको छ ।

अख्तियारले विमानस्थल निर्माणको प्रक्रियामा जोडिएका सबै पूर्वमन्त्री, पदाधिकारी र संलग्न अधिकारीहरूलाई विपक्षी बनाएर आइतबार नै विशेष अदालतमा मुद्दा दर्ता गर्दैछ ।

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीहरू भीम आचार्य, रामकुमार श्रेष्ठ, दीपक अमात्य, डा रामशरण महत र स्वर्गीय पोष्टबहादुर बोगटीलाई विपक्षी बनाएर अख्तियारले मुद्दा दर्ता गर्न लागेको छ ।

यो मुद्दाका विपक्षीमध्ये एक सुनसरीका आचार्य नेकपा एमालेका नेता हुन् । उनी यस पटक एमालेको उपाध्यक्ष बन्ने योजनामा छन् ।

उता नुवाकोटका महत कांग्रेसबाट पटक पटक अर्थमन्त्री भइसकेका नेता हुन् । उनी अहिले अलजाइमर्स रोगसँग जुधेर घरमै आराम गरिरहेका छन् ।

नुवाकोटकै माओवादी नेता बोगटीको निधन भइसकेको छ। उता रामकुमार श्रेष्ठ खिलराज रेग्मी नेतृत्वको नागरिक सरकारका मन्त्री थिए । उनी माओवादी कोटाबाट त्यसबेला मन्त्री बनेका थिए । उनी अकुत सम्पत्तिको मुद्दामा दोषी ठहर भइसकेका व्यक्ति हुन् ।

उता दीपक अमात्य हाल नेकपामा रहेका नेता झलनाथ खनालनिकट हुन् । झलनाथकै पहलमा अमात्य पर्यटमन्त्री भएका थिए ।

त्यस्तै, अख्तियारले विमानस्लथलको निर्णय प्रक्रियामा जोडिएका तत्कालीन सचिव, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सहित ५५ जनाविरुद्ध मुद्दा दर्ता गर्न लागेको छ ।

मुद्दा दर्ताको लागि अहिले अख्तियारको टोली विशेष अदालतमा पुगेर दर्ताको लागि आवश्यक काम गरिरहेको स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ३ : ११ बजे

सांस्कृतिक कार्यक्रमसहित लुम्बिनीमा बुद्ध जयन्ती

काठमाडौं– लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा भारतीय

बुद्ध जयन्तीकै दिन गुम्बा र मन्दिरमा चलाइयो डोजर (तस्बिरहरू)

काठमाडौं– बुद्ध जयन्तीकै दिन काठमाडौंको बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा र

पछिल्लो २ सातामा विपद्का ६ सय ७४ घटना, ३६ जनाको मृत्यु 

काठमाडौं– चालु वर्ष २०८३ को वैशाख १ गतेदेखि १८ गतेसम्म

मे दिवसमा जिफन्टको काठमाडौं र्‍याली, श्रमिक अधिकार र सीप विकासमा जोड

काठमाडौं– मे दिवस अर्थात १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस शुक्रबार विविध

अफ्रिकाका ५३ देशका लागि चीनको शून्य–कर घोषणा

एजेन्सी– चीनले अफ्रिकाका अधिकांश देशहरूसँग व्यापार सहज बनाउने उद्देश्यले ठूलो