प्रधानमन्त्रीलाई मिराजले भने : जेन-जी आन्दोलनको बेइज्जत भयो, राजीनामा दिनूस् « Khabarhub

प्रधानमन्त्रीलाई मिराजले भने : जेन-जी आन्दोलनको बेइज्जत भयो, राजीनामा दिनूस्


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एकजना जेन–जी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार असफल भएकाले अब निकास दिनुपर्ने बताएका छन् ।

आइतबार जेन–जी अभियन्ता प्रकाश शर्माको रिहाइको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका ढुङ्गानाले अन्तरिम सरकार हाइज्याक भएर असफल भएको बताएका हुन् । उनले अब प्रधानमन्त्री कार्कीले राजीनामा दिनुपर्ने समय आइसकेको बताए ।

‘आन्दोलनपछि बनेको सरकारले पनि विकास गर्न सक्दैन भने कसैले सक्दैन । त्यही भएर आन्दोलनको बेइज्जत नगरिदिनुहोस् प्रधानमन्त्रीज्यू, सक्नुहुन्न भने राजीनामा दिनुहोस्’, उनले भने ।

ढुङ्गानाले अन्तरिम सरकार जेन-जी आन्दोलनका आधारमा बनेको भए पनि आफूहरूको माग सम्बोधन नगरेको बताए ।

प्रधानमन्त्री कार्कीलाई जेन–जी आन्दोलनको अपमान नगर्न उनले आग्रह गरे । ढुङ्गानाले पुराना दलका सरकारमा दलका नेताहरूको पुनरागमन हुने सम्भावना भएको भन्दै चिन्ता जनाए ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ४ : २७ बजे

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल