‘विमान यात्रु बोकेर गन्तव्यमा पुर्‍याउने माध्यम मात्र होइन, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप हो’ « Khabarhub

‘विमान यात्रु बोकेर गन्तव्यमा पुर्‍याउने माध्यम मात्र होइन, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप हो’


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आजको विमान केवल यात्रु बोकेर गन्तव्यमा पुर्‍याउने माध्यम मात्र नभई यो नवप्रवर्तन, प्रविधि, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप पनि भएको बताएका छन् ।

नेपाल एयर लाइन्सको क्याबिन क्रु एसोसिएसन (सि–क्यान)ले अन्तरराष्ट्रिय नागरिक उड्ड्यन दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री सिन्हाले उडान अझ सुरक्षित, पर्यावरणमैत्री, समयमै, र यात्रु–अनुकूल हुनका लागि विश्वभरी निरन्तर नयाँ–नयाँ नवप्रवर्तन भइरहेका उल्लेख गरे ।

मन्त्री सिन्हाले भने, ‘स्मार्ट विमान, हरित इन्धन, कृत्रिम बौद्धिकतामा आधारित सेवा प्रणाली, डिजिटल चेक–इन र उन्नत सुरक्षा प्रक्रियामा नविनतम प्रविधिको विकास भएको छ । तर सबैको केन्द्रमा एउटा कुरा उही छ, मानवको भूमिका, विशेषगरी क्याबिन क्रूको योगदान छ ।’

उद्योग, वाणिज्य तथा आपूर्ति तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीसमेत रहेका उनले नवप्रवर्तन कागजमा मात्र होइन, क्याविनभित्र जीवन्त बनाउनुपर्ने र यात्रुसम्म पुर्‍याउन क्याबिन क्रुको भूमिका रहने उल्लेख गरे ।रासस
 

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ७ : ०५ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका