स्मृति मन्धाना–पलाश मुछालको विवाह रद्द, निजी जीवनको सम्मान गर्न आग्रह « Khabarhub

स्मृति मन्धाना–पलाश मुछालको विवाह रद्द, निजी जीवनको सम्मान गर्न आग्रह


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय महिला क्रिकेटर स्मृति मन्धाना र गायक पलाश मुछालको विवाह रद्द भएको छ। दुवैले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत यसबारे जानकारी दिएका छन्।

भारतीय मिडिया टाइम्स अफ इंडियाका अनुसार, नोभेम्बर २३ मा तय भएको विवाहका लागि संगीत, हल्दीजस्ता कार्यक्रमहरू सम्पन्न भइसकेका थिए। 

तर, विवाहकै दिन बिहान स्मृति मन्धानाका बुबालाई हृदयाघात भएपछि विवाह स्थगित गरिएको थियो। विवाह स्थगित भएपछि विभिन्न अफवाहहरू फैलिन थाले। केहीले पलाशले स्मृतिलाई धोका दिएको वा उनको नाम वेडिङ कोरियोग्राफरसँग जोडिएको दाबी गरेका थिए।

पछिल्लो समय केही हप्तादेखि उनका निजी जीवनलाई लिएर धेरै अड्कलबाजी भइरहेको छ। 

 यस विषयमा स्मृतिले आफ्नै सामाजिक सञ्जालमार्फत स्पष्ट गर्दै लेखेकी छिन्,  ‘विवाह अब रद्द भएको छ। यो विषय यहीं अन्त्य गरिदिन र दुवै परिवारको निजी जीवनको सम्मान गर्न अनुरोध गर्दछु।’ 

पलाश मुछालले पनि इन्स्टा स्टोरीमार्फत आफू निजी सम्बन्धबाट अलग भएर जीवन अगाडि बढाउने निर्णय गरेको बताएका छन्। उनले आफूविरुद्ध फैलाइएका झूटो आरोप र बदनाम गर्ने प्रयासविरुद्ध कानुनी कारबाही गर्ने चेतावनीसमेत दिएका छन्।

स्मृति र पलाश सन् २०१९ मा मुम्बईमा एक साथीमार्फत भेटिएका थिए। करिब पाँच वर्षको प्रेम सम्बन्धपछि उनीहरूले सन् २०२४ मा आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिए।

यो घटनाले सार्वजनिक व्यक्तिको निजी जीवन र अफवाह फैलिन सक्ने सामाजिक दबाबबारे बहसलाई फेरि सक्रिय बनाएको छ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  १ : १२ बजे

कांग्रेसको चुनावी नीति : जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय पुग्यो

काठमाडौं – स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको

एनसेलको डेटा गोपनीयता र सूचना सुरक्षा सम्बन्धी आइएसओ २७००१ र २७७०१ मान्यता नवीकरण

काठमाडौं– एनसेलले प्रतिष्ठित आइएसओ २७००१ः२०२२ (आइएसएमएस) र २७७०१ः२०१९ (पीआइएमएस)को आफ्नो

अमेरिकाको भ्रम टुटेपछि मन्जिलको संकल्प : गाउँमा शैक्षिक क्रान्ति, राजनीतिको कोर्स करेक्सन

काठमाडौं – बाबु प्राध्यापक गोवर्द्धन राना कांग्रेसका नेता थिए ।

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक