सरकारले नै देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गर्‍यो : महेश बस्नेत « Khabarhub

सरकारले नै देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गर्‍यो : महेश बस्नेत


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सरकारले नै देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरेको बताएका छन् । 

सरकारले राजनीतिक दलका नेताहरूलाई अनावश्यक धरपकडको योजना बनाएको बताउँदै बस्नेतले यसले देशलाई थप मुठभेटको अवस्थामा लैजाने चेतावनी दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीका पछिल्ला गतिविधि त्यसतर्फ उन्मुख भएको उनको धारणा छ । 

‘सरकारले अनाहकमा दल र नेताहरूमाथि धरपकड गर्ने दुस्साहस गर्न खोजेको सङ्केत हालै प्रधानमन्त्रीको भेटघाट र गतिविधिबाट प्रस्ट देखिन थालेको छ’, सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् । 

सरकारकै निर्देशनमा सुदन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृह मन्त्री रमेश लेखकलाई पक्राउ नगरे देशव्यापी प्रदर्शनका साथ प्रतिकार गर्ने चेतावनी दिइरहेका उनको भनाइ छ । 

‘सुदन गुरुङले केपी ओली र रमेश लेखकलाई पक्राउ नगरे देशव्यापी प्रदर्शनका साथ प्रतिकार गर्ने चेतावनी दिएछन् भन्ने पनि सुनियो, यदि यस्तो अस्थिर चरणतिर देश धकेलियो भने परिस्थिति कसैको नियन्त्रणमा रहने छैन’, उनले प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् । 

उनले अहिले देश विदेशीको इसारामा चलेको बताउँदै देश कुनै अमूर्त शक्तिको डिजाइन र अभिमानले नचल्ने स्पष्ट पारे । 

‘हामी मरे त देशको झण्डा ओढेर मर्नेछौँ, तिमीहरू मरेऊ भने विदेशीको झण्डा ओढाउन पक्कै मिल्दैन, देश कुनै अमूर्त शक्तिको डिजाइन र अभिमानले होइन, जनताका भावनाले चल्छ, यो कुरा सत्ता धान्न बस्नेहरूले नबिर्सँदा राम्रो’, बस्नेतको चेतावनी छ ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  १ : ३८ बजे

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी– एक वर्षको अवधिमा म्याग्दीबाट ७३ करोड मूल्यबराबरको आलु र

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुर– भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ ।

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली– जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको सङ्ख्या  बढेको

बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

बाँके– बाँकेमा एक महिनाको अवधिमा ३६ वटा आर्थिक अपराधका मुद्दा