‘भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न सरकारको ध्यान केन्द्रित’ « Khabarhub

‘भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न सरकारको ध्यान केन्द्रित’


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनका साथै मुलुकमा भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न समेत सरकारको ध्यान केन्द्रित भएको बताएका छन्  । 

सोमबार ललितपुरमा सुरु भएको १७ औँ राष्ट्रिय मानवअधिकार महाभेलाको उद्घाटन गर्दै गृहमन्त्री अर्यालले अहिलेको सरकारको निर्वाचन गर्ने मुख्य दायित्व भए पनि मुलुकमा भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न समेत ध्यान केन्द्रित भएको बताएका हुन् ।

नेपालमा लोकतन्त्रलाई संस्थागत गर्न आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ तथा भयरहित वातावरणमा सम्पन्न गराउन सवैले सहयोग गर्न उनले आग्रह गरे । उनले जेन-जी आन्दोलनको अपेक्षा सुशासन र भ्रष्टाचारमुक्त खुला समाज भएकाले हिंसालाई निरुत्साहित गर्दै युवाहरूको आशालाई पुरा गर्ने प्रयास गरिहरेको बताए ।

उनले मानवअधिकार आयोग लगाएतका संवैधानिक आयोगहरूको सिफारिस कार्यान्वयन नभएको विषयमा सरकारले गम्भीर रुपमा लिएर काम गर्ने प्रतिबद्धता जनाए । ्

संक्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुराएर सबैको मानवअधिकारलाई सुनिश्चित गरी अघि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको उनले बताए । 

त्यस्तै मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले गरेका सिफारिस कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराए । सुशासन कायम नभएसम्म मानवअधिकारको रक्षा नहुने भन्दै उनले भ्रष्टाचार मौलाउँदा मानवअधिकार ओझेलमा पर्नेतर्फ सबैले ध्यान दिनुपर्ने बताए ।

मंसिर २८ गतेसम्म चल्ने महाभेलामा विभिन्न १२५ वटा मानवअधिकार तथा सामाजिक न्यायको क्षेत्रमा कार्यरत संघसंसस्थाहरुको सहभागिता रहेको छ । 

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ४ : २३ बजे

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

रास्वपा परित्याग गरेकी शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल

वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

कोलम्बो – श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त

मनसुनी विपद्ः उद्धारका लागि एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य