‘भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न सरकारको ध्यान केन्द्रित’ « Khabarhub

‘भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न सरकारको ध्यान केन्द्रित’


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनका साथै मुलुकमा भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न समेत सरकारको ध्यान केन्द्रित भएको बताएका छन्  । 

सोमबार ललितपुरमा सुरु भएको १७ औँ राष्ट्रिय मानवअधिकार महाभेलाको उद्घाटन गर्दै गृहमन्त्री अर्यालले अहिलेको सरकारको निर्वाचन गर्ने मुख्य दायित्व भए पनि मुलुकमा भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न समेत ध्यान केन्द्रित भएको बताएका हुन् ।

नेपालमा लोकतन्त्रलाई संस्थागत गर्न आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ तथा भयरहित वातावरणमा सम्पन्न गराउन सवैले सहयोग गर्न उनले आग्रह गरे । उनले जेन-जी आन्दोलनको अपेक्षा सुशासन र भ्रष्टाचारमुक्त खुला समाज भएकाले हिंसालाई निरुत्साहित गर्दै युवाहरूको आशालाई पुरा गर्ने प्रयास गरिहरेको बताए ।

उनले मानवअधिकार आयोग लगाएतका संवैधानिक आयोगहरूको सिफारिस कार्यान्वयन नभएको विषयमा सरकारले गम्भीर रुपमा लिएर काम गर्ने प्रतिबद्धता जनाए । ्

संक्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुराएर सबैको मानवअधिकारलाई सुनिश्चित गरी अघि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको उनले बताए । 

त्यस्तै मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले गरेका सिफारिस कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराए । सुशासन कायम नभएसम्म मानवअधिकारको रक्षा नहुने भन्दै उनले भ्रष्टाचार मौलाउँदा मानवअधिकार ओझेलमा पर्नेतर्फ सबैले ध्यान दिनुपर्ने बताए ।

मंसिर २८ गतेसम्म चल्ने महाभेलामा विभिन्न १२५ वटा मानवअधिकार तथा सामाजिक न्यायको क्षेत्रमा कार्यरत संघसंसस्थाहरुको सहभागिता रहेको छ । 

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ४ : २३ बजे

होलोकास्ट स्मृति दिवस : साठी लाख यहुदीप्रति श्रद्धाञ्जली

काठमाडौं– नेपालस्थित इजरायली दूतावासले अन्तर्राष्ट्रिय होलोकास्ट स्मृति दिवसका अवसरमा मङ्गलबार

शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै

काठमाडौं– आज अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै छ । संयुक्त

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

योगेशलाई रोकेर ओलीले अघि बढाएका क्षितिजलाई छैन सजिलो, कांग्रेस र रास्वपाको बलियो चुनौती

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय