रावा बैङ्कको ‘विजनेस मिट’ सम्पन्न « Khabarhub

रावा बैङ्कको ‘विजनेस मिट’ सम्पन्न


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्जा लगानी तथा निक्षेप संकलनमा उल्लेखनीय भूमिका निर्वाह गरेका ६७ वटा शाखा कार्यालयको ‘विजनेस मिट–२०८२’ सम्पन्न गरेको छ ।

चितवनको सौराहामा सम्पन्न सो कार्यक्रममा हालको बैंकिङ बजारको आवश्यकता पहिचान तथा बैंकको तर्फबाट निभाउनुपर्ने भूमिका सम्बन्धमा वृहत अन्तरक्रिया गरिएको बैंकका सूचना अधिकारी एवं उपकार्यकारी अधिकृत पवन रेग्मीले जानकारी दिए ।

कार्यक्रममा बैंकका कर्मचारीको क्षमता अभिवृद्धि गर्दै हाल बैंकमा प्रचुर मात्रामा रहेको निक्षेपलाई गुणात्मक कर्जाको रुपमा कसरी सदुपयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा प्रत्येक शाखाद्वारा सम्भावित ग्राहकको अवस्था सहित आ–आफ्ना कार्ययोजना पेश गरिएको थियो ।

त्यस क्रममा बैंक सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले व्यवसाय विस्तार योजनामा विशेष महत्वका साथ लाग्न र क्षेत्रगत सम्भावनालाई समेटेर व्यवसाय योजना बनाउन निर्देशन दिएका थिए। 

बैंकका प्रमुख कार्यकारी अधिकृत श्री देवेन्द्ररमण खनालले हालको निक्षेपलाई अवसरको रुपमा सदुपयोग गरी कसरी गुणात्मक कर्जा वृद्धिमा रूपान्तरण गर्ने र सेवा प्रवाहलाई चुस्त बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बैंक सञ्चालक समिति सदस्य हरिकुमार सिलवाल, उपकार्यकारी अधिकृत रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, नायब प्रमुख कार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले सहजीकरण गरेका थिए । 

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत विनयरमण पौडेल, दुर्गाकुमारी कँडेल र रामकुमार थापा, विभागीय प्रमुख, प्रादेशिक प्रबन्धकलगायत उपस्थित थिए। 

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ५ : ४३ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग