प्रादेशिक अस्पताल भद्रपुरमा १२ वर्षपछि ‘एनआइसीयू’ सेवा « Khabarhub

प्रादेशिक अस्पताल भद्रपुरमा १२ वर्षपछि ‘एनआइसीयू’ सेवा


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– प्रादेशिक अस्पताल भद्रपुरमा आजदेखि नवजात सघन उपचार कक्ष (एनआइसीयू)सेवा सञ्चालनमा आएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जयकुमार गुप्ताका अनुसार करिब १२ वर्षअघि आवश्यक उपकरण खरिद गरिएपनि जनशक्ति अभावका कारण सेवा सुरु हुन सकेको थिएन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७० सालमा नवजात शिशुको उपचारका लागि एनआइसीयू उपकरण उपलब्ध गराएको थियो ।

स्वास्थ्य मन्त्रालयले हाल चार जना डाक्टर उपलब्ध गराएसँगै अस्पतालको पुरानो भवनमा एकैपटक तीन नवजात शिशुलाई एनआइसीयूमा राखेर उपचार गर्न सकिने गरी व्यवस्थापन भएको डा. गुप्ताले जानकारी दिए ।

जनशक्ति उपलब्ध भएपछि विगत १२ वर्षदेखि अस्पतालको ‘स्टोर’मा राखिएका उपकरण प्रयोगमा ल्याइएका हुन् । एनआइसीयू सेवा सञ्चालनमा आएसँगै उक्त सेवा लिन निजी अस्पताल तथा क्लिनिकमा जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।
 
हाल एनआइसीयूमा चार जना डाक्टर, नौ जना स्टाफ नर्स र चार जना सुरक्षागार्ड खटिएका छन् । सङ्घीय सरकारले डाक्टर उपलब्ध गराए पनि अन्य जनशक्ति प्रादेशिक अस्पतालकै भएको डा गुप्ताले बताए। 

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ६ : ३४ बजे

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

योगेशलाई रोकेर ओलीले अघि बढाएका क्षितिजलाई छैन सजिलो, कांग्रेस र रास्वपाको बलियो चुनौती

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय

२४ घण्टामा देशभर विपदका २० घटना

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले माघ १२

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममा खडकको कप्तानीमा टोली घोषणा

बैतडी– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट खेल्ने