शुक्लाफाँटामा पाँचवर्षे शिक्षा योजना तर्जुमा गरिँदै « Khabarhub

शुक्लाफाँटामा पाँचवर्षे शिक्षा योजना तर्जुमा गरिँदै


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले शिक्षा क्षेत्रको समग्र सुधार र दीर्घकालीन विकास गर्ने लक्ष्यलाई अघि सार्दै पाँचवर्षे शिक्षा योजना तर्जुमा प्रक्रिया अगाडी बढाएको छ ।

नगर शिक्षा समितिको बैठकले विस्तृत अध्ययन, समीक्षा र स्थानीय आवश्यकता पहिचान गर्दै रणनीतिक योजना तयार गर्ने उद्देश्यसहित तर्जुमा समिति गठन गरेको हो ।

नगरपालिकाको सामाजिक विकास समितिका संयोजक रमेशबहादुर ऐरलाई पाँचवर्षे शिक्षा योजनातर्जुमा समितिको संयोजकमा नियुक्त गरिएको छ ।

ऐरको संयोजकत्वमा अब बन्ने योजनाले नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयका चुनौती, आवश्यकता, पूर्वाधार, जनशक्ति, सिकाइ उपलब्धि तथा शैक्षिक गुणस्तरका सूचकलाई समेटेर व्यावहारिक र परिणाममुखी शिक्षा खाका तयार गरिने भएको छ ।

समितिमा निजी विद्यालयका तर्फबाट डम्बर दत्त अवस्थी, सामुदायिक विद्यालयका प्रधानाध्यापकबाट पीताम्बर जोशी र धनसिंह महरा सदस्यका रूपमा तथा नगरको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टिकेन्द्रराज भट्ट सदस्य–सचिवका रूपमा रहनेगरी नियुक्त गरेको छ ।

समितिले नगरभरिका विद्यालयको अवस्था, विद्यार्थी सङ्ख्या, शिक्षक व्यवस्थापन, पूर्वाधार, सिकाइ उपलब्धि, शैक्षिक चुनौती तथा अभिभावकको अपेक्षाबारे विस्तृत तथ्य सङ्कलन गर्ने नवनियुक्त तर्जुमा समितिका संयोजक ऐरले बताए ।

नगरका सबै विद्यालयमा समान पहुँच र गुणस्तरीय शिक्षाको सुनिश्चितता, विद्यार्थीमैत्री वातावरण, आइसिटिमा–आधारित सिकाइ, र शिक्षकको क्षमता अभिवृद्धि, कमजोर विद्यालय पहिचान गरी सुधारका कार्यक्रम, बालविकासदेखि माध्यमिक तहसम्म शैक्षिक पूर्वाधारको नक्शाङ्कनको कार्य अगाडि बढाइने उनले उल्लेख गरे ।

संयोजक ऐरका अनुसार पाँचवर्षे शिक्षा योजनाले नगर शिक्षाको भविष्यको मार्गचित्र तय गर्नेछ । ‘शिक्षा क्षेत्रमा देखिएका कमजोरी, समग्र आवश्यकता र स्थानीय आवाजलाई प्राथमिकतामा राखेर दीर्घकालीन, व्यावहारिक तथा प्रगतिमुखी योजना बनाउने लक्ष्य लिएका छौँ’, उनले भने ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ७ : १२ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका