महाधिवेशन अवधिमा नागढुंगा सडक बन्द गर्ने निर्णयविरुद्ध महेश बस्नेतको आक्रोश « Khabarhub

महाधिवेशन अवधिमा नागढुंगा सडक बन्द गर्ने निर्णयविरुद्ध महेश बस्नेतको आक्रोश


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)को महाधिवेशन अधिवेशनको अवधिमा नागढुंगादेखि पिप्लामोडसम्मको सडक बन्द गर्ने निर्णयप्रति नेता महेश बस्नेतले आपत्ति जनाएका छन्।

एमालेको मंसिर २७–२९ महाधिवेशन बिथोल्ने नियतसहित सरकारले गरेको निर्णय प्रतिशोधपूर्ण भएको उनको भनाइ छ। नेता बस्नेतले ऊर्जा तथा भौतिक पूर्वाधार मन्त्री र सरकारले प्रतिशोध राखेर यो अवधिमा सडक बन्द गर्ने निर्णय गरेको आरोप लगाएका छन्।

नेता बस्नेतले भनेका छन्, ‘एमालेको मंसिर २७–२९ महाधिवेशन बिथोल्ने नियतसहित सरकार र कुलमानले गरेको यो कदम गलत मात्र होइन-प्रतिशोधको राजनीति हो। याद रहोस्, प्रतिशोधको बदला प्रतिशोध नै हुनेछ्।’

उनले यो निर्णय तत्काल फिर्ता गरेर पुस पहिलो हप्तादेखि गर्नु सरकार र कुलमान दुबैको हितमा हुने सुझाव दिएका छन्।

‘मंसिर २४ देखि पुस १ गतेसम्म गजुरी खण्डको साँघुरो र जोखिमपूर्ण रहेको पोखरेभिर क्षेत्रमा सडक चौडा गर्ने बहानामा नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभीर क्षेत्रमा मंसिर २४ (बुधबार) देखि पुस १ गतेसम्म बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म यातायात बन्द गराउने सरकारी निर्णय पूर्ण रूपमा गलत उद्देश्यप्रेरित छ’, उनले भनेका छन्।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ८ : ५७ बजे

संविधान संशोधनका लागि अशिम शाह नेतृत्वको कार्यदल, संसद्का सबै दललाई समेट्ने निर्णय

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारले संविधान संशोधनका लागि संविधान

संविधान संशोधनको बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन

सहकारी क्षेत्रको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र’

काठमाडौं– सरकारले सहकारी क्षेत्रमा देखिएको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र,

असिनाले एवोमा लाखौँको आलुखेती नष्ट, किसान मारमा

दोलखा– अविरल वर्षा र असिना पानीले दोलखाको वैतेश्वर गाउँपालिका-८ एवोमा

संसद् अधिवेशन चैत १९ मा बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं- सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउने