यसरी बन्छ ‘पेपर पेन्सिल’ (तस्बिरहरू) « Khabarhub

यसरी बन्छ ‘पेपर पेन्सिल’ (तस्बिरहरू)


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पोखरा– पत्रपत्रिका पढेपछि सामान्यतयाः हामी त्यसको पुनः प्रयोग गर्दैनौँ । यसलाई काम नलाग्ने वस्तुको रुपमा लिइन्छ । पोखराका केही महिलाले भने पत्रपत्रिका उपयोग गरेर पेन्सिल बनाइरहेका छन् ।

कोइकाको आर्थिक सहयोगमा पोख्रेली सिसा कलम नामको परियोजना अन्तर्गत ‘पेपर पेन्सिल’ परियोजना सञ्चालनमा ल्याइएको हो ।

यो कामका लागि सुरुमा पत्रिका सङ्कलन गरिन्छ र आवश्यकता अनुसार काटिन्छ अनि गम लगाएर एक अर्कामा टाँसिन्छ । त्यसपछि लिड राखेर पत्रिकालाई मोडिन्छ । एकै पटक १०–१५ वटासम्म बनाउन सकिन्छ ।

लिडसहित रोल गरेको पत्रिकालाई सुकाइन्छ र मेसिनमा राखेर कटिङ गरिन्छ । मेसिनबाट निस्किएको पेन्सिल सिधै घाममा सुकाउन मिल्दैन । सुरुमा छायामा सुकाएर मात्र घाममा राखिन्छ ।  यसरी सजिलैसँग पेपर पेन्सिल तयार हुन्छ ।

उद्यमी शान्ति अधिकारीका अनुसार यो पेन्सिल वातावरणमैत्री  रहेको छ । यसले गर्दा पोखरा महानगरपालिकामा फोहोर व्यवस्थापनमा टेवा पुगेको छ ।

महानगरले स्थानीय उत्पादनलाई  प्राथमिकता राखी उद्यमीलाई  प्रोत्साहन दिने जस्ता योजना  बनाउनुपर्छ । युवाहरूलाई स्वदेशमै रोक्न यसले सहयोग पुग्ने उनको भनाइ छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी  

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ९ : ५१ बजे

रुसी आक्रमण चर्किएपछि नाटोसँग हवाई प्रतिरक्षा प्रणाली माग्दै जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टर्कीमा हुने नाटो शिखर सम्मेलनमा युक्रेनमाथि

साउन १ देखि ललितपुरमा घरमै डाक्टर, नर्स र औषधिसहितको स्वास्थ्य सेवा

ललितपुर– ललितपुर महानगरपालिकाले आगामी साउन १ गतेदेखि घरमै स्वास्थ्य सेवा

रोनाल्डाको पीडादायी बिदाई : टिमबाट नपाएको आत्मियता नेपाली सेलिब्रेटीबाट

काठमाडौं- पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको पीडादायक विश्वकप बर्हिगमनले धेरै समर्थकको

फेरियो सिंहदरबारमा पार्किङको दृश्य : नियमविपरीत राखेका सवारी साधनमा ‘ह्विल लक’

काठमाडौं– सिंहदरबार परिसरमा नियमविपरीत पार्किङ गरिएका सवारीसाधनमाथि ट्राफिक प्रहरीले कडाइ थालेको

मानव अधिकार र कानुनी राज्यको भावना अनुसार गृह प्रशासनलाई अघि बढाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मानव अधिकार र कानुनी राज्यको भावना