एनपीएल : कसले कति हाने बाउन्ड्री ? मार्कको सर्वाधिक छक्का, रोसिङ्टनको चौका « Khabarhub

एनपीएल : कसले कति हाने बाउन्ड्री ? मार्कको सर्वाधिक छक्का, रोसिङ्टनको चौका

सर्वाधिक छक्का वाटले हिर्काउँदा, रोसिङ्टनले बनाए चौकाको रेकर्ड


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को ब्याटिङमा जमेका विदेशी खेलाडीले सर्वाधिक चौका र छक्का प्रहार गरेका छन्। कर्णाली याक्सका मार्क वाटले सर्वाधिक २१ वटा छक्का हिर्काउँदा १३ वटा चौका प्रहार गरेका छन्। सात खेल खेल्दा वाटले एक शतकसहित र एक अर्धशतकसहित २४६ रन बनाउँदा २१ छक्कार १३ चौका हिर्काएका हुन्।

पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले १९ छक्का प्रहार गरेका छन्। छक्का प्रहार गर्ने खेलाडीको सूचीमा वाट पहिलो नम्बरमा छन् भने रोसिङ्टन दोस्रो स्थानमा छन्।

रोसिङ्टनले यो सिजनका सात खेलमा ३१ वटा चौका प्रहार गरेका हुन्। उनी सर्वाधिक चौका प्रहार गर्ने खेलाडीको सूचीमा भने पहिलो नम्बरमा छन्। सात खेल खेल्दा रोसिङ्टनले एक शतक, दुई अर्धशतकसहित ३२३ रन बनाउँदा ३१ चौका र १९ छक्का प्रहार गरेका हुन्।

चितवनका रवि बोपाराले १३ वटा छक्का हिर्काउँदा १२ वटा चौका प्रहार गरेका छन्। सात खेल खेलेका बोपाराले २३७ रन बनाउँदा १२ चौका र १३ छक्का हिर्काएका हुन्। सर्वाधिक रनको सूचीको चौथो र पाँचौ स्थानमा रहेका रोहितकुमार पौडेल र विनोद भण्डारीले बाउन्डी भने कम हिर्काएका छन्। रोहितले २०८ रन बनाउँदा १३ चौका र पाँच छक्का प्रहार गरेका छन्। २०१ रन बनाउँदा विनोद भण्डारीले भने २० चौका र ६ छक्का प्रहार गरेका छन्।

यो सिजन अब रोसिङ्टन, वाट र बोपाराको टिम पोखरा, कर्णाली र चितवन यो सिजनबाट बाहिरिसकेका छन्। अब रन र बाउन्ड्रीको संख्या लुम्बिनीका कप्तान रोहित पौडेल र सुदूरपश्चिमका विनोद भण्डारीको बढ्नेछ।

रोहितको नेतृत्वको टिम लुम्बिनी इलिमिनेटरमा काठमाडौंसँग खेल्नेछ। सुदूरपश्चिमले भने पहिलो क्वालिफायरमा आज विराटनगरसँग प्रतिस्पर्धा गर्दैछ।

पहिलो क्वालिफायरमा पराजित टिमले तोस्रो क्वालिफायरमा विजयी टिमसँग प्रतिस्पर्धा गर्नैछ। दोस्रो क्वालिफायरमा विजयी टिममात्र पहिलो क्वालिफायरबाट फाइनल पुगेको टिमसँग उपाधिका लागि भिड्नेछ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ११ : ०७ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।