बैतडीको सुर्नयामा चियाखेतीका लागि सम्भाव्यता अध्ययन « Khabarhub

बैतडीको सुर्नयामा चियाखेतीका लागि सम्भाव्यता अध्ययन


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दशरथचन्द– बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ । यहाँको सुर्नया गाउँपालिकाका तीन वडाका उच्च क्षेत्रमा चियाखेतीका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन गरिएको हो ।

गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार प्राविधिकसहितको टोलीले प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । 

नेपाल राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चिया विकास अधिकृत गौरव लुइँटेलसहितको टोलीले चियाखेतीका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको उनले जानकारी दिए ।

पहिलो चरणमा वडा नम्बर ५ को धुलिधार र रडीगाउँ, वडा नम्बर ६ को धुलिधार, कलालपसे, जित्कीजुँवाड र मुसे तथा वडा नम्बर ७ को जित्कीजुँवाड, दाङलगायत क्षेत्रमा प्रारम्भिक अध्ययन गरिएको हो । 

‘बोर्डका अधिकारीहरूले सम्भावित स्थानको माटो नमूना परीक्षणका लागि लगेका छन् । यसको रिपोर्ट आउन दुई हप्ता लाग्छ’, उनले भने, ‘अहिले प्रारम्भिक सम्भाव्यता अध्ययन गरिएको हो । रिपोर्ट आएपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्छौँ ।’
 

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  १ : १७ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ