स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट सुरु « Khabarhub

स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट सुरु


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजदेखि आंशिक रूपमा सिंहदरबारबाट सेवा प्रवाह भएको जानकारी दिए । 

उनका अनुसार मन्त्री, दुई सचिव, नीति, योजना तथा अनुगमन महाशाखा र कर्मचारी महाशाखाबाट हुने सेवा प्रवाह सिंहदरबारबाट सुरु गरिएको छ । सिंहदरबारस्थित  नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा विश्व स्वास्थ्य सङ्गठनले मन्त्रालयका लागि छ वटा ‘प्रिफ्याव ब्लक’ बनाइदिएको छ । 

‘मन्त्रालयका सबै शाखा सर्न अझै एक महिना लाग्छ,” उनले भने, “तत्कालका लागि मन्त्री र दुई सचिव र दुई महाशाखाको काम सिंहदरबारबाट सुरु गरिएको हो ।’

गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका कारण रामशाहपथस्थित मन्त्रालयमा आगजनी भएपछि अस्थायी रूपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कार्यालयबाट मन्त्रालयले सेवा दिइरहेको थियो ।
 

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ५ : ३३ बजे

जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ- गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा

विराटनगरविरुद्ध बिनोदको अर्धशकमा सुदूरपश्चिम फाइनलमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार सम्पन्न

‘अख्तियार जस्तो निकाय अनावश्यक ‘पपुलिजम’को पछाडि लाग्नु हुँदैन’

काठमाडौं– जेन-जी आन्दोलनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग एकाएक सक्रिय भएको

सुदूरपश्चिमविरुद्ध १५६ रनको लक्ष्य पछ्याएको विराटनगरको इनिङ सङ्कटमा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको पहिलो क्वालिफायरमा अहिले