काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार जारी पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले ३ रन जोड्दा गुमाएको रन गुमाएको छ ।
पहिलो ओभरमै २ विकेट गुमाएको विराटनगरले दोस्रो ओभरको पहिलो बलमा नरेन भट्टलाई गुमाएको हो । हर्मितले उनलाई डक आउट गरेका हुन् ।
पहिलो विकेट गुमेपछि ब्याटिङमा आएका मार्टिन गुप्टिल ३ बल सामना गरेर रन आउट भएका हुन् ।
पहिलो विकेटका रुपमा साम हिजलेट गोल्डेन डक आउट भएका थिए ।
खेल १ ओभरको पहिलो बलमा पुग्दा विराटनगरले ३ विकेट गुमाएर ३ रन मात्रै जोडेको हो ।
टस जितेर जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले १५६ रनको लक्ष्य पाएको छ ।













प्रतिक्रिया