सीएमसी तोडफोड प्रकरणः दोषीमाथि कारवाही गर्न चिकित्सक संघको माग « Khabarhub

सीएमसी तोडफोड प्रकरणः दोषीमाथि कारवाही गर्न चिकित्सक संघको माग


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाल चिकित्सक संघ जिल्ला शाखाले चितवन मेडिकल कलेज (सीएमसी) मा भएको तोडफोड र चिकित्सक तथा स्वास्थ्यकर्मी माथि आरोप लगाउनेलाई कारवाही गर्न माग गरेको छ ।

संघले जिल्ला प्रशासन कार्यालयमा आज ज्ञापनपत्र बुझाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग गरेको हो । संघका अध्यक्ष डा प्रकाश खतिवडाले हस्ताक्षर गरी बुझाएको ज्ञापनपत्रमा आइतबार चितवन मेडिकल कलेजमा भएको तोडफोड र चिकित्सक माथि लगाइएको आरोपका कारण काम गर्न नसकिने जनाइएको छ ।

संघले स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा ऐन २०६८ तथा नियमावली २०६९ अनुसार दोषीलाई कारवाही गर्नुपर्नेसहित विभिन्न छ बुँदे माग राख्दै प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा मेडिकल कलेजका चिकित्सक, विद्यार्थी माथि भएको साङ्घातिक आक्रमणमा संलग्नलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिनुपर्ने, अस्पतालमा भएको क्षतिपूर्तिका सम्बन्धमा व्यक्ति वा समूहबाट भराइनुपर्ने, जेल विथआउट वेल अविलम्ब लागू गर्नुपर्ने, स्वास्थ्य संस्थालाई सुरक्षाको प्रत्याभूति गराउनुपर्ने लगायतका माग राखिएका छन् ।

संघले राखेका माग २४ घण्टाभित्र पूरा नभए जिल्लामा रहेका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गर्ने चेतावनी दिइएको छ ।

ज्ञापनपत्र बुझाउने क्रममा नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य डा कृष्ण पौडेल र डा अनिलविक्रम कार्कीले गुण्डागर्दी शैलीमा भएको यस घटनाका दोषीलाई कारवाही गर्न माग गर्नुभएको थियो ।

अराजक भीडका कारण स्वास्थ्य क्षेत्रको बद्नाम भएको भन्दै यस्तो कार्य नरोकिए देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गर्न संघ बाध्य हुने उहाँहरुको भनाइ थियो ।

मेडिकल कलेजका निर्देशक डा दयाराम लम्सालले चिकित्सकले प्रयत्न गर्दागर्दै पनि मध्यबिन्दु नगरपालिका वडा नं ९ कि ३२ वर्षीया आशा ज्ञवालीको निधन भएको जानकारी दिए।

बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड गरिएको थियो । सो क्रममा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । संघको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले शान्ति सुरक्षाको महत्वपूर्ण क्षेत्र स्वास्थ्य संस्था बनेको बताए।

स्वास्थ्य संस्थामा अराजकतावाद मौलाउँदै गएको बताउँदै उनले यस्ता घटनालाई प्रशासनले सुष्मरुपमा हेर्दै आएकाले निर्धक्क भएर काम गर्न आग्रह गरे ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ७ : ५५ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा