बाबुको हत्या गर्ने पक्राउ « Khabarhub

बाबुको हत्या गर्ने पक्राउ


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने एक व्यक्तिलाई  प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले विसं २०५७ चैत २९ गते काभ्रेपलाञ्चोक नवोबुद्ध नगरपालिका–११ स्यामपाटीको विमिरे गाउँको आफ्नै घरमा बाबु धमैसिंह तामाङको हत्यामा संलग्न छोरा रनबहादुर तामाङलाई आज काठमाडौँ कीर्तिपुरबाट पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बुबा र छोराको घरयासी विषयमा सामान्य विवाद हुँदा छोराले घाँटी रेटेर हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए ।

“बुबाको हत्यापछि वैदेशिक रोजगारीका सिलसिलामा कुवेत गएका छोरा रनकाजी काठमाडौँ आएपछि विभिन्न स्थानमा लुकेर बसेकाले २० वर्षपछि पक्राउ गरेका हौँ,” उनले भने ।

उनले काठमाडौँमा आएर आफ्नो वास्तविक परिचयसमेत लुकाई विभिन्न स्थानमा लुकेर बसेको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ८ : १३ बजे

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि