न्यायाधीश र जाहेरवाला वकिल नाता परेपछि रविको मुद्दा ‘हेर्न नमिल्ने’ « Khabarhub

न्यायाधीश र जाहेरवाला वकिल नाता परेपछि रविको मुद्दा ‘हेर्न नमिल्ने’


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगी प्रकरणमा जेल जीवन बिताइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा बिहीबारका लागि हेर्न नमिल्नेमा परेको छ।

लामिछाने र उनका साझेदार गोर्खा मिडिया नेट्वर्कका तत्कालीन सञ्चालक एवम् पूर्वडीआईजी छविलाल जोशीको मुद्दा बिहीबारका लागि ‘हेर्न नमिल्नेमा’ परेको हो ।

उच्च अदालत तुलसीपुरको, बुटवल इजलासका न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा यो मुद्दाको पेशी तोकिएको थियो ।

तर न्यायाधीश विष्टका आफन्त जाहेरवाला कानुन व्यवसायी परेका कारण मुद्दाको सुनुवाइ स्थगित गरिएको हो ।

रवि र छवि बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका छन् ।

दुवैजनाले बिगो बराबरको धरौटी राखेर थुनामुक्त हुन माग गर्दै निवेदन दिइसकेका छन् । लामिछाने र जोशीको मुद्दाको पेशी गत कात्तिक १३ गतेपछि निरन्तर सरिरहेको छ ।

मुद्दाको छिनोफानो हुने अवस्था आइरहँदा पछिल्लो समय रास्वपा सभापति लामिछानेले नख्खु जेलबाटै मिडिया ट्रायल गरिरहेका छन् । उनलाई भेटन् नेतादेखि पूर्वन्यायाधीशसम्म पुगिरहेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  १२ : ५९ बजे

साना दल र विद्रोही नेताको स्वागतमा व्यस्त प्रचण्ड

काठमाडौं – साना ठुला गरेर करिब दुई दर्जन पार्टीसँग मिलेर

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

दाङ– घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन

कुन शहर कति चिसो : कहाँको तापक्रम कति छ ?

काठमाडौं – बिहीबार देशभर चिसो बढेको छ । नेपाल मौसम

लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको नयाँ कार्यसमिति चयन

गण्डकी– होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४