ज्योतिष भेषमा १० वर्षीया बालिका अपरहरण गरेर लैजाँदै गर्दा क्षेत्री पक्राउ « Khabarhub

ज्योतिष भेषमा १० वर्षीया बालिका अपरहरण गरेर लैजाँदै गर्दा क्षेत्री पक्राउ


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको निसीखोलामा सोमबार बालिका अपहरणको प्रयास गरिएको छ ।

ज्योतिष भेषका घुमन्ते ३४ वर्षीय अन्जल कुँवर क्षत्रीले निसीखोला गाउँपालिका–२ वायखोला खाडु बस्ने लोकबहादुर कुवँरकी १० वर्षीया छोरी मिनाक्षी कुँवरलाई अपहरणको प्रयास गरेको प्रहरीले जनाएको छ ।

अपरिचित मानिसले बालिकालाई ललाइफकाई गरी बुर्तिवाङतर्फ लैजाँदै गर्दा प्रहरीले बीच बाटोमै पक्राउ गरेको थियो ।

बालिकालाई बुर्तिवाङतर्फ ल्याउँदै गरेको स्थानीयवासीले बताएपछि झिवाखोला प्रहरी र इलाका प्रहरी कार्यालय बुर्तिबाङको संयुक्त टोलीले बालिका अपहरण गर्न खोज्न क्षेत्रीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सुरज खड्काले बताए ।

खड्काले बालिकालाई पनि सोधपुछका लागि इलाका प्रहरी कार्यालयमा ल्याइएको बताए ।

बुबाआमा काममा गएको मौका पारी घरमै एक्लै खेल्दै गरेकी बालिकालाई नयाँ कपडा किनिदिने तथा रु एक हजार दिने भनी प्रलोभनमा पारेर बुतिवाङतर्फ ल्याउँदै गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सोधपुछका लागि ल्याइएकी बालिकालाई भने अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

अपहरणमा लागेका ती व्यक्तिलाई विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झिकाइएको प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ९ : ३२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै