साफ क्लब महिला च्याम्पियनसिप: एपीएफ र ट्रान्सपोर्टले बाँडे अंक « Khabarhub

साफ क्लब महिला च्याम्पियनसिप: एपीएफ र ट्रान्सपोर्टले बाँडे अंक


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साफ क्लब महिला च्याम्पियनसिपमा घरेलु टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब र भुटानी क्लब ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले अंक बाँडेका छन्।

बिहीबार काठमाडौंको त्रिपुरेशवरस्थित दशरथ रंगशालामा च्याम्पियनसिपअन्तर्गत सम्पन्न खेलमा एपीएफ र ट्रान्सपोर्टबीचको खेल गोलरहित बराबरीमा समाप्त भएको हो।

खेलमा घरेलु टोली एपीएफले थुप्रै अवसर सृजना गरे पनि गोलमा भने परिणत गर्न सकेन। १६औँ मिनेटमा सरु लिम्बुले सुनौलो अवसर गुमाइन्। सरुले टोलीकी अनिता बस्नेतको पासमा पेनाल्टी बक्स नजिकबाट गरेको प्रहारले दिशा लिन नसक्दा पोस्टबाट बाहिरिएको थियो।

३१औँ मिनेटमा एपीएफी अनिता बस्नेत गोल गर्नबाट चुकिन्। उनको फ्रिकिक प्रहार पोस्टको क्रसबारमा ठोक्किएर मैदानतर्फ फर्किएको थियो। भुटानकी डेकी ल्हाजोमले एपीएफकी रेनुका नगरकोटीमाथि फाउल गरेपछि एपीएफले फ्रिकिक अवसर पाएको थियो।

६७औँ मिनेटमा ट्रान्सपोर्टकी गोलकिपर संगीता मोंग्लेरले टिमलाई अग्रता व्यहोर्नबाट जोगाइन्। उनले एपीएफकी सरुको प्रहार ‘पन्च’ गर्दै निष्क्रिय बनाएकी थिइन्। योसँगै एपीएफ प्रतियोगितामा पहिलो बराबरी गरेको छ । एपीएफले पहिलो खेलमा नस्रिनलाई ४–० ले हराएको थियो बराबरीसँगै एपीएफले तालिकामा चार अंक जोडेको छ।

ट्रान्सपोर्टको भने यो दोस्रो बराबरी हो। यसअघि ट्रान्सपोर्टले पहिलो खेलमा कराचीसँग गोलरहित बराबरी र दोस्रोमा इस्ट बंगालसँग ४–० को हार व्यहोरेको हो। बराबरीसँगै ट्रान्सपोर्टले तालिकामा फाइनल छनोट कायम राखेको छ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ८ : ५३ बजे

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया

सियोल – दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा