राष्ट्रपति भन्छन् : निर्वाचन गरेर देशलाई संकटबाट निकास दिनुपर्छ « Khabarhub

राष्ट्रपति भन्छन् : निर्वाचन गरेर देशलाई संकटबाट निकास दिनुपर्छ


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचन निर्वाधरुपमा सम्पन्न गरी अहिलेको अवस्थालाई सहज रुपमा निकास दिन आवश्यक रहेको बताएका छन् ।

शुक्रबार शीतल निवासमा नेपाल प्रजातन्त्र सेनानी सङ्घका पदाधिकारीहरूसँगको भेटमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै मुलुकको विकासका लागि तोकिएको समयमा निर्वाचन गरि अहिलेको अवस्थालाई सहज रुपमा निकास दिन आवश्यक रहेको बताए ।

विभिन्न दुष्चक्रबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्नुपर्ने उनले बताए।

उनले भ्रष्टाचारको अन्त्य गरी सुशासनका माध्यमबाट मुलुकको विकास गर्ने तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नुपर्ने आजको आवश्यकता भएको उल्लेख गरे । युवा पुस्ताको चाहना पनि यही नै भएको पौडेलले बताए ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि प्रजातन्त्रका सेनानीहरूको खबरदारी र योगदानको आज पनि उत्तिकै खाँचो रहेको बताएका छन् ।

कार्यक्रममा सेनानी संघका पदाधिकारीले बिभिन्न मागपत्र राष्ट्रपतिसमक्ष प्रस्तुत गरेका थिए । राष्ट्रपति पौडेलले माग पूरा गर्न आफूसँग कार्यकारी अधिकार नरहे पनि पहल गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ३ : १२ बजे

पार्टीमा नेताको विरोध हुनु स्वाभाविक तर विरोधको नाममा मर्यादा नाघ्न पाइदैन : किशोरसिंह राठौर

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी

जेन-जीसहित भक्तपुरबासीलाई एमाले महाधिवेशन उद्घाटनमा आउन निम्तो

काठमाडौं- नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले पार्टीको शनिबार सल्लाघारीमा उद्घाटन

राप्रपा केन्द्रीय कार्यसमिति बैठक : जेन-जी विद्रोहदेखि आम निर्वाचनसम्म, यस्ता छन् १३ निर्णय

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तीनदिने केन्द्रीय कार्यसमिति बैठक

एमाले सचिवालय बैठक जारी, विधानमा हेरफेर र पदाधिकारी बढाउने प्रस्तावमा धारणा राख्दै नेताहरू

काठमाडौं- अढाई घण्टादेखि जारी नेकपा एमालेको सचिवालय बैठकमा विधान संशोधनको

भूमिमन्त्रीको पहिलो निर्णय- बाँझो जमिन उपयोग गर्ने नीति ल्याउँछु

काठमाडौं– नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमारसिंह