वैतेश्वरमा ३ किलोमिटर सडक ढलान हुने « Khabarhub

वैतेश्वरमा ३ किलोमिटर सडक ढलान हुने


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

दोलखा– चालु आर्थिक वर्षको दोस्रो त्रैमास सुरु हुँदै गर्दा जिल्लाको वैतेश्वर गाउँपालिका विनियोजित वार्षिक कार्यक्रम तथा योजना सम्झौतालाई तीव्रता दिन थालेको छ ।

गाउँपालिकाले चालु आवमा वितरण गरेका वार्षिक कार्यक्रमलाई अहिले धमाधम कार्यान्वयन गरिरहेको वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले बताए ।

गाउँपालिकाले ५०/५०  प्रतिशत समापुरक अनुदान मार्फत निर्माण हुने ४ ठुला सडकको टेन्डर मार्फत ठेक्का सम्झौता गरेर निर्माण कार्य सुरु गरेको अध्यक्ष लामाले बताए । 

त्यसैगरी गाउँपालिकाले वितरण गरेका पूर्वाधार तथा भौतिक निर्माण देखि अन्य अन्य स्वास्थ्य ,शिक्षा ,खानेपानी ,रोजगार कृषि र पर्यटन लगायतका क्षेत्रमा विनियोजित बजेट कार्यक्रम कार्यान्वयन गरेर क्षेत्रगतरुपमा विकास भइरहेको जानकारी दिए ।

बजेट कार्यान्वयनको मुख भएको जेन-जी आन्दोलनले प्रभावले योजना सम्झौतामा केही ढिलो भए पनि धेरैजसो योजनाहरूको सम्झौता सकिएको गाउँपालिकाका इन्जिनियर लक्ष्मण तामाङले बताए ।

एकैपटक ४ सडकको ठेक्का आव्हान 

इन्जिनियर तामाङका अनुसार गाउँपालिकाले शुरुगरेका मुख्य ४ ग्रामीण सडकहरूको स्तरोन्नति तथा ढलान गर्न एक टेन्डर आह्वान गरेर ठेक्का सम्झौता भएर काम सुरु भएको उनले बताए ।

गाउँपालिका तथा बागमती प्रदेश सरकारको समापुरक अनुदानमा ढलान हुने गोपि-जोरमाने खण्डमा यस वर्ष १.५ अर्थात साढे किलोमीटर सडक ४ मिटर चौडाइसहित ढलान गरिने छ ।

त्यसैगरी, बुस्ति-पुतलिकाठ- मिर्गे सडकको थुम्किभीरमा पनि यस वर्ष ढलान गरिने भएको छ । ५.२५ मिटर सडक आर.सी.सी ढलानको लागि काम सुरु भैसकेको छ ।

बुस्ति-पुतलिकाठ सडकको निर्माण कम्पनी आकृष्ट एन्ड आकृतले एक करोड ९० लाखमा ठेक्का सम्झौता गरेर काम शुरु गरेको हो ।

त्यसैगरी डाँडागाँउ मेघेचौर-सुलिडाडा बगर मजुवा सडकमा ११ सय ८५ मिटर सडक ढलान गरिने भएको छ ।

त्यसैगरी गाउँपालिकाको मैनापोखरी- क्षेत्रपा सडक खण्डमा यस वर्ष थप ४ सय ६० मिटर लम्बाई तथा ५ मिटर चौडाइमा सडक ढलान गर्न ठेक्का सम्झौता भएको पाइएको छ ।

पालिकाले यी ४ सडक स्तरोन्नति गर्न ७ करोड बजेट विनियोजन गरेको छ । 

त्यसैगरी गाउँपालिकाले १५ शय्याको वैतेश्वर अस्पताल निर्माण देखि भूकम्पले क्षति पुर्‍याएको विष्णु माध्यमिक विद्यालय भवन निर्माण पनि अन्तिम चरणमा पुर्‍याएको जनाएको छ ।

स्थानीय सडक तथा गोरेटो बाटो स्तरोन्नतिलाई प्राथमिकता दिँदै आएको पालिकाले हालसम्म संघ र प्रदेशसँग समन्वय गर्दै ३० किलोमीटर पक्की सडक निर्माण गरिसकेको छ भने,५० किलोमीटर पक्की गोरेटो बाटो निर्माण सम्पन्न गरिसकेको गाउँपालिकाले जनाएको छ । सुवाश बस्नेत /दोलखा

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ५ : ११ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन